१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले ‘दुई पुस्ता सँगसँगै’ विशेष कार्यक्रम सञ्चालन गर्ने



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले ‘दुई पुस्ता सँगसँगै’ विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नेकपा एमालेको केन्द्रीय संगठन विभागको सोमबार बसेको बैठकले हरेक वडामा अग्रजलाई सम्मान र युवा प्रशिक्षण कार्यक्रम सँगसँगै आयोजना गर्ने निर्णय भएको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।

साथै, बैठकले जरा अभियान जस्तै अभियान लिएर एमाले जनताका घर घरमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

यस्तै, बैठकले सदस्यता नवीकरण–पूर्व अनिवार्यरुपमा परीक्षा दिनुपर्ने व्यवस्था गर्ने जनाएको छ ।

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन संगठनात्मक क्षेत्रका कामलाई व्यवस्थित योजनाका साथ विभागहरुलाई क्रियाशिल बनाउने र विधान महाधिवेशनका तयारीका लागि संगठनात्मक दस्तावेजका लागि माग गरिएका विषयमा पार्टी नेतृत्वलाई रिपोर्ट उपलब्ध गराइएको निर्णय भएको छ ।