२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

ऊर्जामन्त्री खड्काको एक वर्षः ऐन, कानुन निर्माणसहित विद्युत् विकास विस्तारमा सफलता

ऊर्जामन्त्री खड्काको एक वर्षः ऐन, कानुन निर्माणसहित विद्युत् विकास विस्तारमा सफलता
अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा नीतिगत तथा कानुनी सुधारको थालनी गर्नुभएको छ । यसबीचमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको बाधक रहँदै आएका नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, जलस्रोत विधेयक, विद्युत् विधेयक संसद्मा अघि बढाइएका छन् ।

सरकारको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बृहत् लक्ष्यका साथ ‘ऊर्जा विकास मार्गचित्र–२०८१’  मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उक्त लक्ष्यमार्फत उत्पादित विद्युत्मध्ये १३ हजार ५०० मेगावाट विद्युत् स्वदेशमा खपत गर्ने र बाँकी १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत, बङ्गलादेशलगायतमा बिक्री गर्ने उल्लेख छ ।

“उक्त मार्गचित्रको लक्ष्य पूरा गर्ने क्रममा रु ६५ खर्बभन्दा बढी परिचालन हुने र लाखौँ युवाले रोजगारी पाउनेछन्, राष्ट्रिय गौरवका ठूला जलाशययुक्त आयोजना निर्माणको कामसमेत अगाडि बढ्नेछ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो ।

त्यसैगरी, मन्त्री खड्काकै सक्रियतामा ‘जनताको जलविद्युत् कार्यक्रम’ दोस्रो संशोधन गरिएको छ । उक्त कार्यक्रममार्फत गरिब तथा सीमान्तकृत वर्गलाई आयोजनाको क्षमता हेरेर रु दुई लाखदेखि पाँच लाखसम्म आयोजना नै धितो रहनेगरी सहुलियत कर्जामा जलविद्युत्मा शेयर लगानी गर्ने वातावरण मिलाइएको छ ।

विपन्न नागरिकलाई समृद्ध बनाउनेगरी सरकारले जनताको जलविद्युत् कार्यक्रम संशोधन गरेको ऊर्जामन्त्री खड्काले बताउनुभयो । मन्त्री खड्काको कार्यकालको एक वर्षमा विद्युत् उत्पादन तथा प्रसारण क्षेत्रमा समेत उल्लेख्य प्रगति भएका छन् । यस अवधिमा राष्ट्रिय प्रसारण लाइनमा ४०८ मेगावाट विद्युत् थप भएको छभने कुल उत्पादन क्षमता तीन हजार ५६५ मेगावाट पुगेको छ । यसै अवधिमा विद्युत् विकास विभागबाट ८० जलविद्युत् आयोजनाबाट एक हजार ९५ मेगावाट र ६७ सौर्य ऊर्जा केन्दबाट एक हजार १९९ मेगावाट विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति जारी गरिएको छ ।

यसैगरी, एक हजार २४२ मेगावाट क्षमताको ३० जलविद्युत् आयोजना र करिब ५० मेगावाट क्षमताको आठवटा सौर्य विद्युत् आयोजनालाई उत्पादन अनुमति जारी गरिएको छ ।

त्यसैगरी, विद्युत् विकास विभागबाट आठ हजार ७७६ मेगावाट क्षमताको १४७ जलविद्युत् आयोजना र एक हजार ८५१ मेगावाट क्षमताको ९५ सौर्य आयोजना सर्वेक्षण अनुमति दिएको छ ।

त्यस्तै, २६४ जलविद्युत् ९१० हजार ७५०।७४ मेगावाट क्षमताको २६४ आयोजना र करिब १०० मेगावाट क्षमताको १३ सौर्य  आयोजना उत्पादन अनुमति जारी भएका छन्  । यसबाहेक तीन हजार ३३० मेगावाट क्षमताको १७० जलविद्युत् आयोजना र ११३ मेगावाट क्षमताको १९ वटा सौर्य आयोजना सञ्चालनमा छन् ।

मन्त्री खड्काको एकवर्षे कार्यकालमा ३०० सर्किट किलोमिटर प्रसारण लाइन तथा ७०० एमभिए क्षमताका सबस्टेसन निर्माणसम्पन्न भएका छन् । हालसम्म विभिन्न क्षमताका करिब छ हजार ८०० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण तथा १३ हजार ७५४ एमभिए क्षमताका सबस्टेसन आयोजना सञ्चालनमा रहेका छन् ।

एक वर्षमा ६० प्रसारण लाइन ९एक हजार ३१ सर्किट किलोमिटर० का लागि सर्वेक्षण अनुमति र २६ प्रसारण लाइन ९२७८ सर्किट किलोमिटर० का लागि प्रसारण अनुमति जारी गरिएको छ । यसैगरी, १४४ प्रसारण लाइन–तीन हजार १७४ सर्किट किलोमिटर० का लागि सर्वेक्षण अनुमति र २७१ प्रसारण लाइन ९पाँच हजार ७०६ सर्किट किलोमिटर० का लागि प्रसारण अनुमति जारी भएको मन्त्रालयले स्पष्ट गरेको छ ।

यसैबीचमा लामो समयदेखि विवादमा रहेको मध्यभोटेकोशी जलविद्युत् आयोजनाका साथै ढल्केवर सीतामढी प्रसारण लाइनको विवाद समाधान गरिएको छभने रसुवागढी, सान्जेन, मध्यभोटेकोशीलगायत बहुप्रतिक्षित आयोजना सफलतापूर्वक सञ्चालनमा आएका छन् ।

अन्तरदेशीय विद्युत् व्यापारअन्तर्गत छिमेकी मुलुकसँगको निरन्तर भेटघाट, छलफल तथा कूटनीतिक पहलमार्फत भारतसँगै बङ्गलादेशमा समेत विद्युत् निर्यात सुरु भएको छ ।

हाल भारतमा ९४१ मेगावाट विद्युत् निर्यात स्वीकृति प्राप्त भइसकेको छभने भारतबाट एक हजार मेगावाट विद्युत् आयातको  प्रबन्ध गरिएको छ । सन् २०२४ मा मात्र करिब रु १७ अर्ब  बराबरको विद्युत् भारत निर्यात गरिएको थियो । विगतमा ठूलो परिमाणमा भइरहेको विद्युत् आयात घटाउँदै निर्यात बढाउँदै लगिएको छ । सन् २०२४ मा भारतबाट करिब रु १६।९ अर्ब बराबरको विद्युत् आयात गरिएको थियो ।

यस वर्षदेखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् अमेरिकी डलरमा भुक्तानी निर्यात प्रारम्भ भएको छ । प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको वर्षायाममा उत्पादित विद्युत् खेर जाने गरेको अवस्थामा करिब रु एक अर्ब २५ करोडको विद्युत् बङ्गलादेश निर्यात हुन थालेको छ । चीनमा समेत विद्युत् व्यापारको सम्भावनालाई हेरेर चिलिमे–जिलोङ्ग २२० केभी प्रसारण लाइन सहकार्यमा अघि बढाइएको छ ।

यसैगरी, करिब ५० किलोमिटर तटबन्ध निर्माण भइ ४७० हेक्टर जग्गा संरक्षण भएको छ ।  हालसम्म एक हजार ४७८ किलोमिटर तटबन्ध निर्माण भई करिब १३ हजार ६७२ हेक्टर जग्गा संरक्षण गरिएको छ । एक वर्षमा १५ हजार हेक्टर जमिनमा सिँचाइ पूर्वाधार विकास भएको  छ ।

हालसम्म मुलुकभर १५ लाख ८४ हजार ३२ हेक्टर जमिनमा सिँचाइ पूर्वाधार विकास भएको छ । यो अवधिमा सरकारले राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ ।

राष्ट्रिय गौरवका महाकाली, रानीजमरा, बबई, सिक्टा, भेरी–बबई र सुनकोशी–मरिन डाइभर्सनलगायतका आयोजनाहरुबाट लाखौँ हेक्टर जमिनमा सिँचाई सुविधा विस्तार तथा सयौँ मेगावाट विद्युत् उत्पादन हुने भएकाले उक्त आयोजना निर्माणलाई उच्च प्राथमिकता दिएको मन्त्री खड्काले बताउनुभयो ।

यसैगरी, बागमती, सुनसरी–मोरङ, प्रगन्ना–बड्कापथ, बृहत दाङ उपत्यका, एकीकृत कर्णाली र भेरी कोरिडोर सिँचाइ आयोजनामार्फत देशका विभिन्न क्षेत्रका कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भइरहेको छ । यस अवधिमा ५७० स्वचालित जल तथा मौसम केन्द्र तथा चित्रात्मक पूर्वानुमान सेवा सुरु गरिएको छ ।

मन्त्रालयले विपद्बाट हुने क्षतिको पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । गत वर्ष असार १० देखि १२ गते मुलुकभर परेकोे अविरल वर्षाबाट क्षति पुगेको माथ्लो तामाकोशी, मेलम्ची, खुम्बु क्षेत्रलगायत प्रभावित आयोजना पुनः सञ्चालनमा ल्याइएको छ ।

सरकारले राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका गाउँमा वैकल्पिक ऊर्जामार्फत विद्युतको पहुँच पु¥याउँदै आइरहेको छ । ऊर्जा मन्त्रालयले एक वर्षमा ३९७ किलोवाट लघु जलविद्युत् र ६०३ किलोवाट सौर्य ऊर्जा प्रणाली विस्तार गरेको छ । तीन हजार ५८४ बायोग्यास प्लान्ट, चार हजार १४२ घरेलु सौर्य प्रणाली र ३२० सुधारिएको चुलो जडान गरिसकेको छ ।

यस अवधिमा सरकारले वैदेशिक सहकार्यबाट एक अर्ब डलरभन्दा बढी ऋण÷अनुदान सुनिश्चित गरेको छ । जल तथा सिँचाइ मापदण्ड निर्माण, जल सम्मेलन आयोजना, नदी नियन्त्रण तथा व्यवस्थापन कार्यमा प्रगति हासिल गरेको छ । मन्त्री खड्काले आगामी दिनमा ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ कार्यान्वयन गर्न दृढ सङ्कल्पका साथ लाग्ने बताउनुभयो । ऊर्जा विकास मार्गचित्रले राखेको लक्ष्य पुरा हुँदैगर्दा प्रतिव्यक्ति विद्युत् खपत एक हजार ५०० युनिट पु¥याइने छभने आगामी आवमा ४७० युनिट पु¥याउने लक्ष्य लिइएको छ ।

आगामी वर्ष स्मार्ट ग्रिड, वैकल्पिक ऊर्जा, र ऊर्जा भण्डारण प्रणालीमा लगानी विस्तार गरिने बताइएको छ । बुटवल–गोरखपुर, लम्की–बरेली, इनरुवा–पूर्णियालगायत अन्तरदेशीय लाइन निर्माणलाई तीव्रता दिइनेछ । आगामी आर्थिक वर्षमा जलस्रोत तथा सिँचाइ व्यवस्थापनतर्फ ६३ किलोमिटर तटबन्ध निर्माण गरी २७० हेक्टर जमिन ‘उकास’ गरिने छभने नदी ‘बेसिन’ योजनाअनुसार जल व्यवस्थापन, जलवायु अनुकूल रणनीति अपनाइने बताइएको छ । सरकारले आगामी आर्थिक वर्षमा नौ हजार ३५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । समग्रमा वर्तमान सरकार गठन भएको यस अवधिमा ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा अत्यावश्यक ऐन, कानुन निर्माणका प्रक्रिया अघि बढ्नाका साथ पूर्वाधार विकास एवं विस्तारका क्षेत्रमा अपेक्षा गरिएभन्दा बढी काम भएको सरकारले दाबी गरेको छ ।