१ भाद्र २०८३, सोमबार
,
Latest
नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास समयको माग हो, कसैले रोकेर रोकिँदैनः मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उर्जा सम्बन्धी विधेयक ल्याउँदैमा नआत्तिन आग्रह गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने बताउनु भयो । मुलुकको हित अनुकुल कानून निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानून निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको जिकिर गर्नुभयो । ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने बताउनु भयो । मुलुकको हित अनुकुल कानून निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानून निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको जिकिर गर्नुभयो ।

उहाँले स्पष्ट उद्देश्यका साथ उर्जा क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनु भयो । उहाँले आरसिओडीको समस्या रहेको स्वीकार गर्दै त्यसका लागि कमिटी नै गठन गरेर आरसिओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निष्कर्ष निकालेको बताउनु भयो । भूमि प्राप्तिका समस्या छन् भने कानून परिमार्जन गरेर अघि बढ्न सकिने बताउनु भयो । २८ हजार ५ सयको रोडम्यापलाई पछ्याउने हो भने पनि लाखौँ मान्छेले यहीँ रोजगारी प्राप्त गर्नसक्ने बताउनु भयो । विकास समयको माग भएकाले कसैले रोकेर नरोकिने स्पष्ट पार्नुभयो ।

मन्त्री खड्काले भन्नुभयो, ‘स्पष्ट उद्देश्यका साथ हामी उर्जा क्षेत्रको विकासमा लाग्नुपर्छ । आरसिओडीको समस्या छ । त्यसका लागि हामीले कमिटी नै गठन गरेर आरसिओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निक्र्यौल गरिहरेका छौँ । भूमि प्राप्तिका लागि के समस्या हो ? त्यसको लागि कानून परिमार्जन गरेर अघि बढ्छौँ । ऐनमाथि छलफल भइरहेको छ । ऐन ल्याउनै हुँदैन भन्नेकुरा त्यत्ति राम्रो कुरा होइन । समयानुकुल हाम्रा कानूनहरु परिमार्जित गर्दै जानुपर्छ । पटक पटक निजी क्षेत्रका साथीहरुलाई पनि भनिएको छ, कहाँनेर समस्या हो आउनुस् बसौँ, छलफल गरौँ । परिमार्जित नहुने कुरा भएको भए ऐन किन ल्याउनुपर्दथ्यो । परिमार्जित हुन्छ, सम्भव छ र मुलुकको हित अनुकुल कानून निर्माण हुन्छ । आफ्नो मुलुकलाई हेरेर कानून निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण छैन । बरु तपाईंले देखेका समस्या यहाँ छ भन्ने लाग्यो भने समावेश गरेर अघि बढ्छौँ । मुलुकको हितका लागि सरकार जहिल्यै खुला छ । सबैसँग छलफल, सल्लाह गरेर अघि बढ्न चाहन्छ । नत्र भने हाम्रा उद्देश्यहरु त्यसै प्राप्ति हुँदैन । हामी बेरोजगारीका कुरा गरिरहेका छौँ, २८ हजार ५ सयको रोडम्यापलाई पछ्याउने हो भने पनि लाखौँ मान्छेले यहीँ रोजगारी प्राप्त गर्दछन् । विकास समयको माग हो, कसैले रोकेर रोकिँदैन, अल्मलिन सक्छ । धेरै बेर अल्मिलन दिनु हुँदैन ।’

मन्त्री खड्काले उर्जा आयोजनाहरुको आइपिओ रोक्न कुनै आवश्यक नरहेको भन्दै संवादमार्फत समाधान गर्न सकिने बताउनु भयो । उर्जा क्षेत्रको विकासका लागि सरकार खुला रहेको बताउनु भयो ।