१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

रोपाइँको चटारोमा किसान

रोपाइँको चटारोमा किसान
अ अ+ अ-

बागलुङ । कोरोनाको कहर उस्तै छ । ७८औँ दिनदेखि बन्दाबन्दी छ । किसानलाई भने खेती नगरी सुख छैन । यतिबेला यहाँका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । मनसुनले साथ दिएपछि रोपाइँ चाँडै शुरु भएको गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो । गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो । “मजुवा फाँटमा ७० प्रतिशत जति रोपाइँ सकिएको छ”, कृषि शाखा प्रमुख सुवेदीले भन्नुभयो, “जेठ दोस्रो सातादेखि नै यहाँ रोपाइँ शुरु हुन्छ ।”

दैनिकजसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसान बताउँछन् । नेपालमा सामान्यतया अङ्ग्रेजी महिना जुन १० मा मनसुन भित्रिने गरे पनि यसपालि भने अलि छिट्टै मनसुन सक्रिय भएको छ । “किसान व्यस्त छन्, धमाधम रोपाइँ चलिरहेको छ”, गलकोट नगरपालिका–५ की इभा खत्रीले भन्नुभयो । १२ मुरी धान उब्जाउ हुने उहाँको खेतमा केही दिनअघि रोपाइँ भयो । तीन हल गोरु लागे । हली, खेताला, बाउसे गरी २२ जनाले एकै दिनमा रोपाइँ भ्याए । दुई बाली हुने खेतमा रोपाइँ छिटो हुने गरेको उहाँको भनाइ छ ।

गलकोटका मजुवालगायत फाँटखोला आसपास भएको र बाह्रैमास सिँचाइ पुग्ने हुँदा रोपाइँलाई समस्या नपर्ने कृषि शाखा प्रमुख सुवेदीको भनाइ छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदीखोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् । छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायत क्षेत्र पर्छ । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ शुरु भइसक्छ । मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।

असार अन्तिममा मात्र रोपाइँको वास्तविक तथ्याङ्क आउने कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभर झण्डै १० प्रतिशत खेतमा रोपाइँ भएको अनुमान गरिएको छ । असारभित्रमा अधिकांश क्षेत्रमा रोपाइँ सकिन्छ । आकाशे पानीमा भर पर्ने खेतमा पनि दैनिकजसो परेको वर्षाले किसानलाई राहत मिलेको छ । मनसुन जति छिटो सक्रिय हुन्छ, उति नै छिटो रोपाइँ हुन्छ । जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । 

जिल्लाको कूल छ हजार १२२ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसमध्ये दुई हजार ६३५ हेक्टरमा उन्नत र तीन हजार ४८७ हेक्टरमा स्थानीय जातको धानखेती हुन्छ । पछिल्लो समय धानको उत्पादन बढाउन उन्नत जातको खेतीतर्फ किसान आकर्षित छन् । उन्नत धानको खेती बढाउन किसानलाई बीउ वितरण, विज वृद्धि कार्यक्रम सञ्चालन गरिँदै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने किसान बताउँछन् । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुछ«े, छुन्दुङ, हिमाली, सावित्री, जेठो बूढो, सुख्खा १, २, ३ लगायत उन्नत धानको खेती हुँदै आएको छ ।