२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन थापा



अ+ अ-

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले नेताहरुमाथि गरेको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको बताउनुभएको छ ।

काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू त्यसबारेमा सभापति शेरबहादुर देउवासँग पनि कुरा गर्ने र पार्टीलाई वृहत एकतावद्ध बनाउन लाग्ने बताउनु भयो । उहाँले काँग्रेस अहिले चौतर्फी घेरामा रहेको भन्दै कोतपर्व जस्तै अनुशासन पर्व चलाइनु गलत भएको बताउनु भयो । उहाँले यो कारबाही समय, पार्टीको परम्परा, पार्टीको कानून, विधानका हिसावले पनि सही नभएको बताउनु भयो । यसले पार्टीलाई थप कमजोर पार्ने बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘यो बीचमा एउटा नमिठो एउटा घटना पार्टीभित्र भयो । माननीय सभापतिज्युसँग म अहिले पनि कोशिस गर्दछु । पार्टीलाई भित्र वृहत एकतावद्ध बनाउनुपर्छ । आवश्यक पनि छ । किनभने हामी चौतर्फी घेराबन्दीमा छौँ । यो बेलामा पार्टीभित्र जसरी एउटा कोतपर्व जस्तै अनुशासन पर्व चल्यो । न यो समयको हिसावले ठिक हो, न यो पार्टीको परम्पराको हिसावले ठिक हो । न पार्टीको कानूनको हिसावले, विधानको हिसावले ठिक छ । यस हिसावले पार्टीलाई थप कमजोर बनाउँछ । यि विषयहरुका सन्दर्भमा पार्टीभित्र थप छलफल र अनुशासनको विषय छ । अनुशासनहीनलाई कारबाही गर्नुपर्ने विषय छ । तर जुन किसिमबाट हामीले पार्टीका विषयहरु डिल ग¥यौँ, समाधान गर्ने प्रयास ग¥यौँ । त्यसले हाम्रोभित्र भएका शतप्रयासलाई कमजोर बनाउने काम गर्दछ ।’

महामन्त्री थापाले पार्टीका संगठन चलायमान बनाउनेमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।