२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन थापा

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन थापा
अ अ+ अ-

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले नेताहरुमाथि गरेको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको बताउनुभएको छ ।

काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू त्यसबारेमा सभापति शेरबहादुर देउवासँग पनि कुरा गर्ने र पार्टीलाई वृहत एकतावद्ध बनाउन लाग्ने बताउनु भयो । उहाँले काँग्रेस अहिले चौतर्फी घेरामा रहेको भन्दै कोतपर्व जस्तै अनुशासन पर्व चलाइनु गलत भएको बताउनु भयो । उहाँले यो कारबाही समय, पार्टीको परम्परा, पार्टीको कानून, विधानका हिसावले पनि सही नभएको बताउनु भयो । यसले पार्टीलाई थप कमजोर पार्ने बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘यो बीचमा एउटा नमिठो एउटा घटना पार्टीभित्र भयो । माननीय सभापतिज्युसँग म अहिले पनि कोशिस गर्दछु । पार्टीलाई भित्र वृहत एकतावद्ध बनाउनुपर्छ । आवश्यक पनि छ । किनभने हामी चौतर्फी घेराबन्दीमा छौँ । यो बेलामा पार्टीभित्र जसरी एउटा कोतपर्व जस्तै अनुशासन पर्व चल्यो । न यो समयको हिसावले ठिक हो, न यो पार्टीको परम्पराको हिसावले ठिक हो । न पार्टीको कानूनको हिसावले, विधानको हिसावले ठिक छ । यस हिसावले पार्टीलाई थप कमजोर बनाउँछ । यि विषयहरुका सन्दर्भमा पार्टीभित्र थप छलफल र अनुशासनको विषय छ । अनुशासनहीनलाई कारबाही गर्नुपर्ने विषय छ । तर जुन किसिमबाट हामीले पार्टीका विषयहरु डिल ग¥यौँ, समाधान गर्ने प्रयास ग¥यौँ । त्यसले हाम्रोभित्र भएका शतप्रयासलाई कमजोर बनाउने काम गर्दछ ।’

महामन्त्री थापाले पार्टीका संगठन चलायमान बनाउनेमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।