१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छः एमाले



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट बाहिरिनुको पीडा अmभै नहटेको टिप्पणी गर्नुभएको छ ।

सोमवार संसद भवन परिसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलालले अध्यक्ष दाहालले संसदको रोष्ट्रमबाट पीडावोध गरेर गएको टिप्पणी गर्नुभएको हो ।

उहाँले अध्यक्ष दाहालको  सम्बोधन पूर्वाग्रह र आक्रोशबाट प्रेरित भएको दाबी पनि गर्नुभयो । उहाँले हाल वर्तमान संविधान र व्यवस्थालाई कमजोर पार्ने प्रवृत्ति सक्रिय भइरहेका बेला विपक्षी दलका नेताले सरकारको सकारत्मक कामको प्रशंसा र आवश्यक सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विपक्षी दलको नेता एवं पूर्वप्रधानमन्त्रीले जसरी आज संसदमा प्रश्तुती राख्नुभयो । त्यो असाध्यै चरम कुण्ठा र आक्रोशबाट बाहिर ननिस्किकन पूर्वाग्रह प्रेरित ढंगबाट अभिव्यक्तिहरु दिनुभयो । हरेका विषयहरुमा त्यस्तै भयो । संसदबाट एकदमै दुर्गन्धित सन्देश प्रवाह गर्ने मनसाय पनि उहाँले राख्नुभयो । यो एकदमै बेठिक शैली हो भन्ने लाग्छ । अहिले संविधान र व्यवस्थाविरुद्ध धमिलो पानीमा माछा पार्ने प्रवृत्तिहरु सलबलाइरहेका छन् । व्यवस्थाका विरुद्ध ढुंगा हान्ने प्रवृत्तिहरु क्रियाशील भइरहेका छन् । उहाँले सरकारले गरेका राम्रा पक्षहरुलाई पनि सँगसँगै जोडेर अझ गर्नुपर्ने कुरा के हुन् त ? भन्ने कुरा सुझाव पनि दिनुप¥यो नि ।’

अध्यक्ष दाहालले आफूलाई मन नपर्ने सबैलाई बिचौलिया देखेको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।