२५ श्रावण २०८३, सोमबार
,
Latest
राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर सरकारले सुशासन र सदाचारमा ध्यान दिन सकेनः सांसद सुनार सदाचार नीति कार्यान्वयनमा सांसद भट्टको जोडः ‘अरूलाई सुधार्नुअघि आफू सुध्रिन आवश्यक’ सदाचार नीति कार्यान्वयनका लागि इच्छाशक्ति आवश्यक, अतिरिक्त बजेट चाहिँदैनः सांसद देवकोटा राष्ट्रिय सदाचार नीति कार्यान्वयन र ऐन निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन उद्घाटनपछि पनि नागढुंगा सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्शानीः सभापति गजुरेल जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सांसद थेवेको माग सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने,लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी छः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी रहेको बताउनुभएको छ ।

काठमाडौंमा त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सरकारले यसबारेमा सोचिरहेको बताउनु भयो । स्वास्थ्य बीमामा कतिपय ठाउँहरुमा छलछाम हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनु भयो । जनताको सेवा कसरी वृद्धि गर्ने भन्नेमा सरकार लागि परेको बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा पुनःविचार गर्नुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्ने, पुनःविचार गर्ने आवश्यकता छ । यसमा गर्दैछौँ । नत्र भने हामीले कतिपय ठाउँहरुमा छलछाम हुने गरेको छ । त्यसलाई हामीले रोक्नुपर्ने छ । वास्तवमा जनताको सेवा कसरी वृद्धि गर्ने, सुहाउँदो गच्छ्य अनुसार । एकातिर आवश्यकताहरु हुन्छन् । चाहनाहरु हुन्छन् । अर्कोतिर यथार्थ अवस्था हुन्छ । चाहनाहरु असिमित हुनसक्छन् । आवश्यकताहरु धेरै हुनसक्छन् । तर अवस्था त्यस्तो छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पुनःविचार गर्नुपर्ने अवस्था बनेको छ ।’

प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने आफ्नो चाहना भएको बताउनु भयो । आफूलाई १८ घण्टा काम गर्नबाट केही समस्याले नरोकेको बताउनु भयो ।




भर्खरै