१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीले बगाउँदा एक जनाको मृत्यु



अ+ अ-

बाजुरा । बुढीगङ्गा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीगङ्गा–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । उहाँका अनुसार बुढीगङ्गा–३ र ६ मा पर्ने बुढीगङ्गा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनको मृत्यु भएको हो ।

दाउरा ल्याउन गएका बुढथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरी नायब उपरीक्षक हवारीले बताउनुभयो । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।