२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख दुई ठूला दलले सत्ताको सिण्डिकेट बनाएर देश लुटिरहेको राप्रपाको आरोप



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख दुई ठूला राजनीतिक दलले सत्ताको सिण्डिकेट बनाएर देश लुटिरहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाउनुभएको हो ।

राजावादीहरुलाई तहल लगाएको भन्दै जनतामा भ्रम छरेर लुट्ने काम भइरहेको उहाँको आरोप छ । उहाँले संसदमा लामो सयमदेखि दुई महत्वपूर्ण राजनीतिक दलहरुले विरोध गरिरहेका पनि सरकारले दुई तिहाईका शक्ति प्रदर्शन गरिरहेको टिप्पणी गर्नुभयो । उहाँले गतिरोध र त्यसको व्यवस्थापनप्रति सभामुखले खलेको भुमिकाप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले संसदमा डेढ महिनादेखि विरोध भइरहँदा पनि जबर्जस्ती बैठक चलाइएको उल्लेख गदैए यो समय सभामुखको कार्यकालकै कालो समयको रुपमा रहने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजावादी र गणतन्त्रविरोधीलाई तह लगायौं भनेर गंका पिटेर जनतालाई भ्रम छरेको के रहेछ, छट्टु स्यालको कथा पो रहेछ । चिल आयो, चिल आयो भन्ने अनि तल टिप्ने ? जनताको ध्यान एकातिर लगेर दुई ठूला–ठूला पार्टीबीच सरकार बनाएर देश लुटेर बस्ने अनि जनताले टुलुटुलु हेरेर बसनुपर्ने ? यो कुरा कदापि सह्य हुदैन सभामुख महोदय । यसको प्रतिवाद हुन्छ । हामी संसदबाट विरोध गरिरहेका छौं र आवश्यक प¥योभने हामी सडकबाट पनि प्रतिवाद गरिन्छ । दुई दलहरुले भिजिट भिसाको विरोधमा आवाज उठाइरहेका छौं । यसको गलत व्याख्या नगरियोस् । भिजिट भिसामा जाने मानिसको विरोध गरिएको होइन । विदेश जाँदा खेरी मान्छे भिजिट भिसामै जाने हो । जसरी रकम असुली गरेर बेरोजगार युवाहरुको रोजगारी खोज्ने चाहानामाथि कमाउने सरकारको  सुनियोजित धन्दाको हामीले विरोध गरेका हौं । म सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु सभामुद महोदय, यो संसदीय इतिहासमा कालो समय हो । संसदका दुई महत्वपूर्ण राजनीतिक दलहरुले डेढ महिनादेखि संसदमा विरोधमा गर्दाखेरी जुन संसद चलाउने प्रयास भइरहेको छ । केवल सरकारको अकर्मण्यता र उदासिनता मात्र होइन तपाईको आफ्नो कार्यकालको सबैभन्दा कालो समयको रुपमा उल्लेख रहनेछ ।’ 

उहाँले बेरोजगार युवाबाट रकम असुली गरेर भिजिट भिसाको दुरुपयोग गरेको विषयमा आफूहरुको आन्दोलन जारी रहने पनि बताउनु भयो ।