२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनपक्षीय शिक्षा ऐनको मागसहित अखिल क्रान्तिकारीको प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप



अ+ अ-

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माईतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले सोमवार विहान माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

आन्दोलनरत विद्यार्थीलाई पक्राउ गर्न थालेपछि विद्यार्थी–प्रहरीबीच तनाव बढेको हो । प्रहरीले केहीलाई नियन्त्रण समेत लिएको छ । माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गर्ने अखिल क्रान्तीकारीको योजना भएपनि माइतीघर क्षेत्रबाटै नियन्त्रणमा लिन शुरु गरेपछि अन्यले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

विद्यालय पोशाकमै विद्यार्थीलाई आन्दोलनमा सहभागी गराइएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।