२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले सामान्य प्रशासनमन्त्री गुप्तालाई बालुवाटार बोलाए



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाउनुभएको छ । स्रोतका अनुसार गुप्ता बालुवाटार पुगिसक्नुभएको छ ।

घुसकाण्डमा विवादित बनेका मन्त्री गुप्तासँग छलफल गर्न प्रधानमन्त्रीले बोलाउनु भएको हो । गुप्ताले भूमि आयोग बनाउन विचौलियासँग गरेको संवाद बाहिरिएको छ ।

कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो ।

उक्त अडियो सार्वजनिक भएपछि गुप्तालाई बर्खास्त गर्नुपर्ने चौतर्फि आवाज उठेको छ ।