१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

तीनै तहको समन्वयमा आदिकवि आचार्य जन्मस्थलको विकास भइरहेको छ: मुख्यमन्त्री पाण्डे

तीनै तहको समन्वयमा आदिकवि आचार्य जन्मस्थलको विकास भइरहेको छ: मुख्यमन्त्री पाण्डे
अ अ+ अ-

तनहुँ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीनै तहका सरकारको समन्वयमा राष्ट्रिय विभूती आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास भइरहेको बताउनुभएको छ ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिद्वारा आज भानु–४ चुँदी रम्घाबेसीमा आयोजित २१२औँ जन्मजयन्ती कार्यक्रममा उहाँले यहाँको दीर्घकालीन बनाउने विकासका लागि गुरुयोजनासहित काम भइरहेको बताउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले आदिकवि जन्मस्थल शिखर कटेरीसम्म पुग्ने सडक असहज भएकाले त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिको गृह जिल्लासमेत भएकाले उहाँको सल्लाहअनुसार सङ्घ सरकारबाट गुरुयोजनासहित कार्य भइरहेको छ । अब शिखर कटेरीसम्म पुग्ने सडक सहज बनाउनुपर्ने छ, यसमा प्रदेश सरकारले सहयोग गर्नेछ ।” एकै ठाउँमा बजेट विनियोजन गर्ने नभई समन्वय विकास भइरहेको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले आदिकवि भानुभक्तको क्षेत्रमा विकासका लागि सबै तहबाट सहयोग आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेले स्थानीय सरकारको मातहतमा रहे पनि  आचार्य जन्मस्थल विकास सबैको दायित्व भएको धारणा राख्नुभयो ।

भानु नगरप्रमुख आनन्दराज त्रिपाठीले आगामी आर्थिक वर्षमा भानु जन्मस्थल शिखर कटेरीमा कार्यक्रम गर्नेगरी प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो । व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले आचार्य जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले यो क्षेत्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक स्थान भएकाले यहाँको विकासमा प्रदेश तथा केन्द्र सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

‘भानु जन्मस्थल जाऊँः भानुलाई चिनाऔँ’ भन्ने नाराका साथ भानु जन्मस्थल विकासका लागि विभिन्न काम भइरहेका छन् ।  प्रारम्भिक गुरुयोजनाअन्तर्गत आदिकवि आचार्यको विशाल प्रतिमा, सप्तधाम निर्माण, जग्गा अधिग्रहण, साहित्यिक उद्यान, पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारबाट विनियोजित बजेटका साथै अन्य दातृ निकाय तथा सहयोगीसँगको समन्वयमा काम भइरहेको छ ।

चुँदी रम्घालाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्यसहित साहित्यिक उद्यान निर्माणका लागि प्रयास भइरहेको छ । उद्यानमा आचार्यको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्यग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको जनाइएको छ । रासस