२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संगीतकार शम्भुजीत बासकोटालाई ‘संगीत सम्राट’को उपमासहित लाइफटाइम अचिभमेन्ट अवार्ड



अ+ अ-

काठमाडौं । नेपाली संगीत क्षेत्रका वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई दीर्घ साधना सम्मानबाट सम्मान गरिएको छ । ‘नेसनल म्युजिक अवाडर्् २०८१ मा उनलाई सम्मान गरिएको हो ।

रेडियो कान्तिपुरले शनिबार गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको अवार्डस्मा १४ विधामा अवार्ड वितरणसँगै कन्सर्ट सम्पन्न भयो ।

चलचित्रका ३ सय ७५ र २ हजार बढी गीतमा संगीत भरिसकेका शम्भुजीतलाई संगीत सम्राटको उपनाम दिँदै नगद एक लाखसहित सम्मान गरिएको हो ।

रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले साँढे पाँच दशक संगीतमा अनवरत लाग्नुभएका संगीत सम्राट शम्भुजीत बासकोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको बताए ।

सम्मानपछि संगीतकार बासकोटाले नेपाली संगीतले देशलाई विश्वमा चिनाउन ठूलो भूमिका खेल्ने बताए । ‘नेपाली संगीत, कला र साहित्य विश्वको त्यो चुलीमा पुग्नेछ । देशलाई चिनाउन ठूलो भूमिका संगीतले नै गर्नेछ । संगीत मेरो जीवनको लामो यात्रा हो, उकाली, ओराली हो । लाइफटाइम अचिभमेन्टका लागि धन्यवाद । अनुशासनमा बसेर गरिएको संगीत विश्वमा पुग्नेछ,’ शम्भुजीतले भने ।

कार्यक्रममा गायिका अस्मिता अधिकारी र सुरेश लामाले शम्भुजीत लाई ‘यो जीन्दगीले’, ‘म त अब रिसाउँछु’, ‘सुनकोशी सुसेलेको’, ‘तिम्रो मन त चक्कु छुरी’ गाउँदै ‘ट्रिब्युट’ गरे ।

अवार्डतर्फ गायक आरसी रिमालले ‘उत्कृष्ट डेब्यु सिंगर’को विधामा जित हासिल गरे । त्यस्तै, ’उत्कृष्ट लोकदोहोरी गायिका’ को अवार्ड शान्ति श्री परियारले जितिन् ।

त्यस्तै ‘उत्कृष्ट लोकदोहोरी गायक‘को अवार्ड गायक प्रकाश दुतराजले जिते । यो विधामा शिरिष देवकोटा, मौषम गुरुङ, खेम सेञ्चुरी र विश्व दोङ मनोनयनमा थिए ।

‘उत्कृष्ट गीतकार’को अवार्ड भने भूषण खरेलले जिते । ‘उत्कृष्ट आधुनिक गायिका’को अवार्ड ‘ए जिन्दगी’बोलको गीतबाट गायिका टिका प्रसाईंले जितिन् । यसैगरी ‘उत्कृष्ट आधुनिक गायक’को अवार्ड गायक शिव परियार ‘चुपचाप’बोलको गीतबाट जिते । ‘उत्कृष्ट पाश्र्व गायक’को अवार्ड भने ‘रुकुम मैकोट’बाट एसडी योगीले जिते । ‘उत्कृष्ट पाश्र्व गायिका’को अवार्ड समीक्षा अधिकारीले ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’बाट जितेकी छन् ।

कार्यक्रममा सन्जीव बराइली ‘उत्कृष्ट संगीतकार’ घोषित भए । ‘कुम: सागर एण्ड ख्वप’ ब्यान्ड’ एनएमएमा ‘उत्कृष्ट ब्यान्ड’ घोषित भयो ।

यो वर्षबाट थप गरेको ‘हिपहप, आर एण्ड बी’ विधामा ब्रिजेश श्रेष्ठले ‘मुटुमै बसेछ’ बोलको गीतबाट अवार्ड जिते ।

गायिका त्रिशला गुरुङ कार्यक्रममा ‘उत्कृष्ट पप गायिका’ घोषित भइन् । गायक सुशान्त केसीले ‘बार्दली’बाट ‘उत्कृष्ट पप गायक’को अवार्ड जिते ।

यही गीतबाट सुशान्तले ‘पिपुल च्वाइस अवार्ड’ पनि जिते ।