३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो समीकरण मन नपराउनेहरु सरकार ढल्यो भन्ने भ्रम फिँजाउन व्यस्त छन्ः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण मन नपराउनेहरु अहिले पनि सरकारको बारेमा भ्रम छरिरहेको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टीका सबै विभागहरुको संयुक्त छलफललाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले हरेक दुई महिनामा सरकार ढल्दैछ भन्ने भ्रम फिँजाउने काम भइरहेको र प्रधानमन्त्री र पार्टी सभापतिहरुले सरकार जारी रहन्छ भनेर स्पष्टीकरण दिइरहनुपरेको बताउनु भयो । उहाँले वर्तमान समीकरण मन नपराउनेहरुले अहिलेको समीकरणका विरुद्ध भ्रम सिर्जना गर्ने खेतीपाती गरिरहेको बताउनु भयो । स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित देख्ने जमातबाट यो काम भइरहेको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘हरेक दुई महिनामा प्रधानमन्त्री र पार्टीका सभापतिले भन्नुपरिरहेको छ, यो सरकार जारी रहन्छ । यस्तो किन हुने गर्दछ भने यो समीकरण मन नपराउनेहरु यो समीकरणका विरुद्ध भ्रम सिर्जना गर्ने खेतीपाती गरिरहेकै छन् । यो चिजलाई हामीले बुझ्नुपर्दछ । हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला चलाइन्छ तर सरकार निरन्तर जारी छ । एक वर्ष हामीले गुजारीसक्यौँ । यो मुलुकमा स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित हुने जमात छ । उनीहरु निरन्तर रुपमा अस्थिरताका लागि सोसल मिडियाको दुरुपयोग गरिरहेका छन् ।’

महासचिव पोखरेलले प्रमुख पार्टीहरु सरकारमा गएपछि लोकतन्त्रले के दियो र गणतन्त्रले के दियो भन्ने अभियान चलाइएको बताउनु भयो ।