९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं जिल्ला अदालतबाट चालु आ.व.को असार २७ सम्म २६ हजार ७ सय ४४ मुद्दा फर्छ्यौट

काठमाडौं जिल्ला अदालतबाट चालु आ.व.को असार २७ सम्म २६ हजार ७ सय ४४ मुद्दा फर्छ्यौट
अ अ+ अ-

काठमाडौँ । जिल्ला अदालत काठमाडौंमा चालु आर्थिक वर्षको असार २७ गतेसम्म २५ हजार ६ सय ३९ वटा मुद्दा दर्ता भएका छन् ।

आईतवार पत्रकार सम्मेलनको आयोजना गरी अदालतले यसबारेमा जानकारी गराएको हो । गत वर्षको जिम्मेवारी सरेको मुद्दा २६ हजार ५०२ गरी यस आर्थिक वर्षमा अदालतमा जम्मा लगत संख्या ५२ हजार १ सय ४१ पुगेको छ । पत्रकार सम्मेलनका क्रममा काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले चालु आ.व.को असार २७ गतेसम्म अदालतले २६ हजार ७ सय ४४ मुद्दा फछ्र्यौट गरेको बताउनु भयो । अब २५ हजार ३ सय ९७ वटा मुद्दा बाँकी रहेको बताउनु भयो ।

अदालतले दुई वर्ष नाघेका बाँकी मुद्दा १ हजार ८ सय ५३ वटा रहेको बताएको छ । त्यस्तै फैसला कार्यान्वयनतर्फ चालु आ.व.को असार २७ गतेसम्म जम्मा लगत ३३ हजार ३ सय ९३, फछ्र्यौट ४ हजार १ सय ८०, बाँकी २९ हजार २ सय १३ रहेको छ । कैदतर्फ ८२ प्रतिशत फछ्र्यौट भएका छन् भने जरिवानातर्फ ४२ प्रतिशत फछ्र्यौट भएका छन् । सरकारी बिगोतर्फ ३७ लाख ३४ हजार ४ सय ५९ फछ्र्यौट भएका छन् भने निवेदनतर्फका २ हजार ४ सय २७ फछ्र्यौट भएका छन् । त्यस्तै मेलमिलापतर्फ मेलमिलाप केन्द्रमा पेश भएका २ हजार ७ सय ५ मुद्दामध्ये सफल भएका मुद्दाको संख्या ३ सय १ रहेको छ । मेलमिलाप शाखामा चालु रहेका मुद्दा ३ सय ८४ र मेलमिलाप हुन नसकी फिर्ता भएका मुद्दा २ हजार २० रहेको छ । मेलमिलापतर्फ कुल सफल प्रतिशत  १४.२० रहेको छ ।

अदालतले २०७७—०७८ मा ३७.०९, २०७८—०७९ मा ३९.२९, २०७९—०८० मा ४२.४५, २०८०—०८१ मा ४६.८१ र २०८१—०८२ मा ५१.२९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीशहरुको जम्मा दरबन्दी ४३ रहेकोमा अहिले ३९ जना हुनुहुन्छ । ४ जना रिक्त छ । अन्य अदालतबाट काजमा जानुभएको न्यायाधीशको संख्या २ गरी अहिले काम गरिरहनुभएको न्यायाधीशको संख्या ३७ रहेको अदालतले जनाएको छ । अदालतले कार्यबोझ, न्यायाधीश तथा कर्मचारीहरुको दरबन्दीअनुसार अदालतको भवन लगायतको भौतिक अवस्था अपुग भएको गुनासो गरेको छ ।