२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हस्ताक्षर अभियान चलाएर निर्वाचनलक्षित राजनीति गर्ने कार्यले समाजमा निराशा र अन्योलता थप्योः एमाले



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले प्रतिपक्षी दलहरुद्वारा संसदमार्फत नकारात्मक भाष्य प्रवाह भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद मैनालीले प्रतिपक्षीदलहरु जनतालाई भ्रममा पारेर आफ्नो स्वार्थ पूर्तिमा लागेको आरोप लगाउनु भएको हो ।

उहाँले  जनतालाई भ्रममा राखेर आफ्ना मनोकांक्षा पुरा गर्न विधिको शासन, संविधानको सर्वोच्चता र शक्ति पृथकिकरणको सिद्धान्तलाई समेत खिल्ली उडाइएको उल्लेख गर्दै यसमा सबै गम्भिर हुन जरुरी रहेको बताउनु भयो । उहाँले रास्वपाललाई लक्षित गर्दै हस्ताक्षर अभियान चलाएर आगामी २०८४ को निर्वाचनलाई लक्षित गरी राजनीति गर्ने कार्यले समाजमा निराशा र अन्योलता थप्ने काम भएको बताउनु भयो । सांसद मैनालीले संसदमा आफ्ना कुरा राख्ने र अरुको कुरा नसुनि बाहिरिने प्रवृत्तिप्रति पनि आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी संसदमा बसेर नकारात्मक भाष्य मात्र प्रवाह गरिरहेका छौं । हामी जनतालाई भ्रममा राखेर आफ्ना मनोकांक्षा पुरा गर्नको लागि विधिको शासन, संविधानको सर्वोच्चता, शक्ति पृथकिकरणको सिद्धान्तलाई समेत खिल्लि उडाउँदै चाहे त्यो संवैधानिक आयोगमा छानविन भइरहेको भिजिट सिसा प्रकरणको विषय होस्, चाहे अदालतमा विचाराधिन रहेको मुद्दाको सन्दर्भमा होस् । जुन हस्ताक्षर अभियान गरेर पार्टी निर्माणको पृष्ठभूमि र अगामी ०८४ को निर्वाचनलाई समेत ख्याल गर्दै प्रतिपक्षबाट जुन गतिविधि भएका छन् । यसले समाजमा निराशा र अन्यौलता सिर्जना गरेको छ । के यो जिराशा र अन्यौलता जनतालाई भड्काएर आफ्नो स्वार्थपूर्ति गर्ने अभिलासाबाट प्रकट भइरहेको छ ? संसदमा आफ्ना कुराहरु राख्ने र अन्यलाई बोल्न नदिने जुन परिपाटीको विकास भएको छ त्यो संसदीय मर्यादाभित्र रहन्छ ? हामीले जनताको भावनाअनुसार सुशासन, स्थायित्वको लगि एक भएर अगाडि बढ्नुपर्छ । ’

उहाँले संसदीय मर्यादाभित्र बसेर मुलुकमा सुशासन र स्थायित्वका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।