२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारसम्बन्धी विधेयक ‘कोमा’मा पुग्योः सांसद थानी



अ+ अ-

काठमाडौँ ।नेपाली काँग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयक कोमामा रहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजभोलि संसद र समितिमा रहेका अख्तियार, निजामति विधेयक, शिक्षा विधेयक र भूमि विधेयकको व्यापक चर्चा भइरहेको उल्लेख गर्नुभयो । कानून निर्माण प्रक्रियालाई हलुका ढंगबाट लिने प्रवृत्तिका कारण आम जनताले प्रश्न गरिरहेको बताउनु भयो ।

सांसद थानीले भन्नुभयो, ‘आजभोलि संसद र समितिमा रहेका अख्तियार, निजामति विधेयक, शिक्षा विधेयक र भूमि विधेयकको व्यापक चर्चा भइरहेको छ । म पनि के आग्रह गर्न चाहन्छु भने कानून निर्माण प्रक्रियालाई हल्का ढंगले लिँदा हाम्रा प्रवृत्तिले गर्दा आज नागरिकहरुले हामीलाई प्रश्न गरिरहेका छन् । भ्रष्टाचारको कुरा आज सदनमा व्यापक उठिरहेको छ । एउटा उपसमितिले धेरै मेहनत गरेर भ्रष्टाचार र अख्तियारको विधेयक तयार गरेको हो । तर भ्रष्टाचारको विधेयक समितिबाट छलफल हुँदाहुँदै चैत्र ३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भयो । अख्तियारको विधेयक ६ महिनादेखि समितिमा थन्किएर बसिरहेको छ । मेरो भाषमा अख्तियारको विधेयक अहिले पनि कोमामा छ ।’

सांसद थानीले आज मुलुकमा भ्रष्टाचार कहाँ छ होइन, कहाँ छैन भन्ने परिस्थिति पुगेको बताउनु भयो ।