५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’



अ+ अ-

पाल्पा। पाल्पाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ३३६ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ ।

चालु आवमा ‘मेयर छात्रवृत्ति कार्यक्रम’मार्फत नगरभित्रका ५३ शैक्षिक संस्थाका ती विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको हो । यहाँका दर्छा क्याम्पस र सहिद बहुमुखी क्याम्पससहित ५१ सामुदायिक विद्यालयका साधारण तथा प्राविधिक÷विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति सहयोग गरेको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो ।

साधारणतर्फ ५३ शैक्षिक संस्थाका ३१३ विद्यार्थीलाई रु १० लाख ३१ हजार ८०० र उच्च प्राविधिक÷विज्ञान सङ्कायका २३ विद्यार्थीलाई रु एक लाख ६७ हजार ६०० बराबर छात्रवृत्ति रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।

नगरप्रमुख रमणबहादुर थापाले विद्यार्थीको पठनपाठनमा सहजताताका लागि आवश्यक सहयोग गर्न ‘मेयर छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले कार्यक्रम सञ्चालनमा आएपछि असहाय, न्यून आय भएका र जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगेकाले यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस