५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले परोपकारी काम गरौँ, मर्दा मानिसले केही लैजाँदैनः प्रधानमन्त्री ओली



अ+ अ-

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गर्नुभएको छ ।

शनिवार झापामा पुगेर प्रधानमन्त्री ओलीले भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गर्नुभएको हो । अस्पताल भवनको उद्घाटन भने प्रधानमन्त्री ओलीले जग्गादातालाई उद्घाटन गर्न लगाउनु भयो । गत असोज १० गते उक्त अस्पताल भवनबाट सेवा शुभारम्भ गर्दा भागिरथा न्यौपानेका छोराहरू हरिप्रसाद तथा कुलप्रसादले संयुक्त अस्पताल भवनलाई रिबन काटेर त्यहाँबाट सेवा शुभारम्भ गराउनुभएको थियो ।

त्यो बेला विधिवत रुपमा उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भइसकेको थिएन । यसअघि पटक÷पटक प्रयास गर्दा पनि जग्गादाताको नाम जोडेर उक्त अस्पतालको नामकरण हुन सकेको थिएन । गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठक उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल स्वीकृति प्रदान गरेपछि स्वीकृत नामसहित अस्पताल भवनको शनिवार विधिवत उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले परोपकारी कार्य सबैले गर्न सिक्नुपर्ने बताउनु भयो । उहाँले मानिसले मर्दा केही नलैजाने भन्दै आफ्ना कामहरुबाट स्मरण गर्नसक्ने बनाउनुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘परोपकारी कार्य गर्नुपर्छ । यस कार्यबाट अरुले पनि परोपकारी कार्य सिक्नुपर्छ, अनुशरण गर्नुपर्छ । मानिसले मर्दा केही पनि लाँदैन, काम कृतिहरु स्मरण गर्ने हो । अहिले भन्दा १०२ वर्षअघि जन्मिनुभएकी भागिरथा न्यौपानको नाममा अहिले हामी अस्पतालको नामाकरण गर्दैछौँ ।’

२०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शैय्यामा सञ्चालित छ । अस्पतालले बीमा सुविधा, ल्याव, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध गराउने गरेको छ ।