२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाँती फाइलहरू असार मसान्तसम्म टुङ्ग्याउन मन्त्री भण्डारीको निर्देशन



अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कम्पनी दर्ता, नवीकरणलगायतका कामका लागि केही समयदेखि थन्किएका (थाँती रहेका) फाइल असार मसान्तसम्म टुङ्ग्याउन निर्देशन दिनुभएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयबारे अनियमितताका प्रश्न उठेसँगै मन्त्री भण्डारी सो निर्देशन दिनुभएको हो । कर्मचारीले सेवाग्राहीबाट आर्थिक लाभका आधारमा काम गरिरहेको र सफ्टवेयर डाउनसम्मको क्रियाकलाप भएको विषय सञ्चारमाध्यममा आएको थियो ।

त्यसैगरी, मन्त्री भण्डारीले कम्पनी रजिस्ट्रारको कार्यालयलाई प्रत्यक्ष निगरानीमा राख्न, त्यहाँ सञ्चालित अनलाइन प्रणाली र सिसीटिभीको प्रत्यक्ष अनुगमन गर्न सम्बन्धित महाशाखालाई निर्देशन दिनुभएको छ ।

मन्त्री भण्डारीको निर्देशनपश्चात औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुख जितेन्द्र बस्नेत नेतृत्वको टोली कम्पनी रजिस्ट्रारको कार्यालय पुगेको थियो । उक्त टोलीसँग कर्मचारीहरूले काम गर्ने क्रममा केही कानुनी र प्राविधिक समस्या रहेका कारण काममा ढिलाइ भइरहेको समस्या दर्शाउनुभएको थियो ।

हाल सञ्चालनमा रहेका दुईवटा अनलाइन प्रणालीका कारण केही समस्या आइरहेको कर्मचारीको गुनासो छ । पूर्ण अनलाइन प्रणालीमा गइसकेको कम्पनी रजिस्ट्रारको कार्यालयमा अझै लाइन बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । महाशाखा प्रमुख बस्नेतले समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने बताउनुहुँदै असार मसान्तभित्र दिनरात खटेर हालसम्मका थाँती फाइलहरूको काम सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

बस्नेतले कार्यालयका जोकोही कर्मचारीबाट पनि आर्थिक अनियमितता भएको भए कारबाही गर्ने बताउँदै आर्थिक अनियमिततामा विषयमा शून्य सहनशीलता अपनाउन निर्देशन दिनुभयो ।

यसअघि मन्त्रालयले बिहानै कम्पनी रजिस्ट्रारको कार्यालयलाई निर्देशनात्मक पत्र पठाएको छ । उक्त पत्रमा लेखिएको छ, “कम्पनी रजिस्ट्रार कार्यालयले सञ्चालनमा ल्याएको ‘सिएएमआइएस’ प्रणालीमा लामो समयदेखिका निवेदनहरू थाँती रहेका र अनलाइन प्रणाली अवलम्बन गर्दा पनि कार्यालय परिसरमा सेवाग्राही उपस्थित नभई काम नहुने र कार्यालयमा असम्बन्धित मान्छेहरूको समेत चहलपहल भई भीडभाडको अवस्था रहेको जनगुनासो आएको सन्दर्भमा मन्त्रालयबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन÷निरीक्षण समिति गठन गरी खटाइएको छ ।”

उक्त पत्रमा कम्पनीहरूको अद्यावधिक विवरण छुट, सहुलियतका लागि निवेदन र अन्य प्रकारका कम्पनीसम्बन्धी सेवा लिन ठूलो सङ्ख्यामा आर्थिक वर्षको अन्त्यतिर अनलाइन प्रणालीमा आवेदन प्राप्त भएको र सो कार्य तत्काल सम्पन्न गरी छिटोछरितो सेवा उपलब्ध गराउन कार्यालयले नियमित कार्यालय समयबाहेक बिहानबेलुका र बिदाको दिन पनि निर्वाध रूपमा कार्यालय सञ्चालन गर्ने सम्बोधन गर्दै अगामी दिनमा गुनासोरहित सेवा व्यवस्था मिलाई सेवा प्रवाह समयमै गरी जनगुनासा समाधान गर्न निर्देशन दिएको छ । रासस