१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले रु ९० लाख बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका एक जना अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–२४ का २८ वर्षीय धर्मेन्द्रकुमार पटेललाई पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वादी नेपाल सरकार प्रतिवादी निज पटेल भएको रु ९० लाख बिगो रकमको बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।”