९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?
अ अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आ.व.को मौद्रिक नीतिको समीक्षा गर्दै आगामी वर्षका लागि मौद्रिक नीति ल्याएको छ ।

नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै आज गभर्नर डा. विश्वनाथ पौडेलले वार्षिक तथा मौद्रिक लक्ष्यहरूको स्थितिको समीक्षा समेत गर्नुभयो ।

उहाँकाअनुसार आर्थिक वर्ष २०८१/८२ का लागि मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य रहेकोमा २०८२ जेठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । २०८२ जेठ महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य लिएकोमा २०८२ जेठ मसान्तमा कायम रहेको सञ्चिति १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले व्याजदर करिडोरको माथिल्नी सीमाको रुपमा रहेको स्थायी तरलता सुविधाको व्याजदर ६.५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधाको व्याजदर ३.० प्रतिशत र नीतिगत दर ५.० प्रतिशत निर्धारण गरी भारित औसत अन्तरबैंक दर नीतिगत दरको हाराहारीमा कायम गराउने सञ्चालन नक्ष्य तय गरेको थियो । २०८२ जेठ मसान्तसम्ममा भारित औसत अन्तरबैंक दर ३.० प्रतिशत कायम रहेको छ ।

मौद्रिक नीतिको व्यवस्थाअनुसार तरलता व्यवस्थापनका लागि स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालन गरिएको गभर्नर पौडेलले बताउनु भयो ।

तरलता व्यवस्थापन तथा व्याजदरतर्फ आर्थिक वर्ष २०८१/८२ को चार महिनासम्ममा निक्षेप संकलन बोलकबोलमार्फत ८१ पटक गरी रु.२७ खर्व ८४ अर्व ८० करोड तथा स्थायी निक्षेप सूचिधामार्फत १२५ पटक गरी रु.१८५ खर्ब ५८ अर्व ७० करोड तरलता प्रशोचन भएको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ओभरनाइट तरलता सुविधामार्फत उपभोग गरेको रु.२ अर्ब ७० करोड घटाउँदा खुद रु.२१३ खर्व ४० अर्व ८० करोड तरनता प्रशोचन भएको  राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक बर्षमा खुला बजार कारोवारका विभिन्न उपकरणमार्फत खुद रु. ३८ खर्ब ५८ अर्व ८४ करोड तरलता प्रशोचन गरिएको थियो ।

राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०८१/८२ को एघार महिनासम्ममा विदेशी विनिमय बजारबाट अमेरिकी डलरको खुद खरिदमार्फत रु.६७३ अर्ब २३ करोड तरलता प्रवाह भाएको छ । अधिल्लो आर्थिक बर्षमा यस्तो कारोबारमार्फत रु ७८३ अर्ब ४७ करोड तरलता प्रवाह भएको थियो ।
यस अबधिमा अल्पकालीन व्याजदरहरू स्थायी निक्षेप सुविधा दरकै हाराहारीमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको भारित औसत अन्तरबैंक दर अघिल्लो आर्थिक वर्ष औसत ३.६२ प्रतिशत रहेकोमा २०८२ जेठसम्ममा औसत २.९९ प्रतिशत कायम भएको छ । यसैगरी, ९१ दिने ट्रेजरी बिल्सको भारित औसत व्याजदर २०८१ असारमा ३.०० प्रतिशत रहेकोमा २०८२ जेठमा २.९४ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाको अल्पकालीन व्याजदरहरू न्यून रहेकोले निक्षेप र कर्जाको व्याजदरहक समेत घट्दै गएका छन् । २०८१ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत व्याजदर ६.१७ प्रतिशत, विकास बैंकहरूको ७.०७ प्रतिशत र वित्त कम्पनीहरूको ८.२८ प्रतिशत रहेकोमा २०८२ जेठमा यस्ता औसत व्याजदरहरू क्रमशः ४.२९ प्रतिशत, ५.०२ प्रतिशत र ६.०९ प्रतिशत कायम भएको छ । यसैगरी, २०८१ जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत व्याजदर १०.१५ प्रतिशत, विकास बैंकहरूको ११.६३ प्रतिशत र वित्त कम्पनीहरुको १२.८५ प्रतिशत रहेकोमा २०८२ जेठमा यस्ता जौबत व्याजदरहरू क्रमशः ७.९९ प्रतिशत, ९.४० प्रतिशत र १०.२२ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार २०८२ वैशाख मसान्तमा वाणिज्य बैंकहरूबाट लगानीमा रहेको कुल कर्जामध्ये कृषि क्षेत्रमा १३.९ प्रतिशत  अर्थात् रु.६४७ अर्व ८५ करोड, ऊर्जा क्षेत्रमा ९.० प्रतिशत अर्थात रु. ४१८ अर्ब ७४ करोड र लघु, घरेलु, साना एवम् मझौला उयम क्षेत्रमा १०.८ प्रतिशत अर्थात रु.५०३ अर्ब २९ करोड रहेको छ ।

यसैगरी, विकास बैंकहरुबाट कृषि, लघु, घरेलु तथा साना उद्यम व्यवसाय, ऊजां र पर्यटन क्षेत्रमा कुल कर्जाको २६.४ प्रतिशत अर्थात रु.१३२ अर्ष ८८ करोड र वित्त कम्पनीहरूवाट १८.८ प्रतिशत रु.१९ अर्व ६ करोड कर्जा लगानीमा रहेको  छ ।

वणिज्य बैंकहरूबाट प्रबाह भएको कुल कर्जामध्ये २०८१ चैत मसान्तमा औसत ५.६ प्रतिशत अर्थात रु. २५२ अर्व २२ करोड  ऊर्जा विपन्न वर्गमा प्रवाह भएको छ । यसैगरी, विकास बैंकहरूबाट ७.१ प्रतिशत अर्थात रु.२६ अर्ब १७ करोड र वित्त कम्पनीहरूबाट ५.५ प्रतिशत अर्थात रु.५ अर्च ५० करोड कर्जा विपन्न बर्गमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।