५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा ५ किलोभन्दा बढी अफिमसहित एकजना पक्राउ, मुख्य अभियुक्त फरार



अ+ अ-

सुर्खेत । सुर्खेत प्रहरीले पाँच किलोभन्दा बढी अफिमसहित एकजनालाई पक्राउ गरेको छ। भेरीगंगा नगरपालिका–१०, छिन्चुबाट जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० का ४६ वर्षीय जयबहादुर बस्नेतलाई बुधबार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार अफिम कारोबार भइरहेको गुप्त सूचनाको आधारमा निरन्तर निगरानी र अनुसन्धानपछि प्रहरीले बस्नेतलाई पक्राउ गर्न सफल भएको हो । पक्राउका क्रममा बस्नेतसँग ५ किलो ४५० ग्राम अफिम बरामद गरिएको छ ।

यद्यपि अफिम ओसारपसारमा संलग्न मुख्य व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक बयानमा बस्नेतले आफैँ अफिम उत्पादन तथा बिक्री गर्दै आएको स्वीकारेका छन् ।

अनुसन्धानका क्रममा बरामद गरिएको अफिमको प्रारम्भिक मूल्य ८ लाख ८६ हजार ४ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । तर पक्राउ परेका बस्नेतले उक्त परिमाणको अफिम भारत पुर्‍याउन सकेमा यसको मूल्य पाँच करोड रुपैयाँसम्म पुग्ने दाबी गरेका छन् ।

पक्राउ परेका बस्नेतमाथि लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ भने फरार व्यक्तिको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ ।