५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य हुदैनः प्रधानन्यायाधीश राउत



अ+ अ-

काठमाडौं ।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको स्वतन्त्रतामा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायिक स्वतन्त्रता न्यायपालिकाको आत्मा भएको उल्लेख गर्दै यसबाट प्रधानन्यायाधीश पनि टाढा हुन नसक्ने बताउनु भयो । उहाँले न्यायाधीशहरुको न्यायिक निर्णय, काम–कारबाही र भूमिकामा निष्ठाको आवश्यकता रहेको बताउनु भयो । पछिल्लो समय निष्ठा भएपनि व्यत्ति पाउन गाह्रो रहेको उहाँको भनाइ छ । उहाँले अदालतको कुनै एक मुद्दालाई लिएर न्यायपालिकाको समग्र विश्वसनीयतामाथि प्रश्न उठाउनु अनुचित हुने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘न्यायाधीशको इन्डिपेन्डेन्स भनेको न्यायपालिकाको आत्मा हो । त्यसमा हस्तक्षेप अस्वीकार्य हुन्छ । त्यो दर्शनबाट प्रधानन्यायाधीश धेरै टाढा रहदैन । हाम्रा काम कारबाहीहरु, हाम्रा निर्णयहरु, हाम्रा भूमिकाहरु ठिक ठाउँमा प्रयोग हुनुपर्दछ । यस सम्बन्धमा निष्ठा नभएको मान्छेले गर्न थाल्यो भने कुरा अन्तै पर्छ । अहिलेको समयमा निष्ठा भएको मान्छे खोज्न थाल्यो भने मुस्किल छ । मैले हजारौं मुद्दा फैसला गरे अथवा हाम्रो अदालतबाट भएका हजारौं फैसलामध्ये एउटा मुद्दा तलमाथि भयो भने दिहाल्छन् अरु ९९९ वटा मुद्दाको कुनै सरोकार नै छन् । त्यसका बाबजुदपनि मैले न्यायापालिाको जिम्मा लिन्छु भनेको छु । लिन्छु पनि ।’ 

उहाँले तमाम चुनौतीका बीच पनि आफू न्यायपालिकाको जिम्मेवारी लिन तयार रहेको दोहो¥याउनु भयो । —न्युज एजेन्सी नेपाल