२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकलाई आयोडिनयुक्त गुणस्तरीय नुन उपलब्ध गराउन सरकार प्रतिवद्ध छः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आम नागरिकलाई आयोडिनयुक्त  गुणस्तरी नुन उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले विश्व स्वास्थ्य सङ्गठन लगायत संस्थाहरुका पछिल्ला तथ्यांकहरुले नुनसम्बन्धी नीति परिवर्तन गर्नुपर्ने देखाएको उल्लेख गर्दै यसका लागि सरकारले आवश्यक काम गरिरहेको बताउनु भयो । उहाँले समय समयमा बाटो बिग्रने अवस्थाका कारण दुरदराजका जिल्लाहरुमा समयमै कोटाअनुसार नुन पु¥याउन समस्या पर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्व स्वास्थ्य संगठनले दिएका पछिल्ला तथ्यांकहरुले पनि अब हामीले नुनसम्बन्धी नीतिहरु परिवर्तन गर्नुपर्ने हो कि जस्ता संवेदनशील कुराहरु आएका छन् । यी सबै तथ्यांकहरुमा छलफल गरेर सरकारका लागि अब के आवश्यक हो त भन्ने कुराको एउटा योजना बनाउनुपर्छ । त्यसका लागि हामी गम्भिर भएर लाग्छौं भन्ने कुराको प्रतिवद्धता व्यक्त गर्छौं । अहिले नुनसम्बन्धी दायित्व अर्को मन्त्रालयअन्तर्गत भएपनि यस्ता संवेदनशील विषयमा हामी सबै जिम्मेवार हुनुपर्छ । अहिले पनि नुनको मूल्यमा देशभर एकरुपता छैन । राज्यले सहुलियत दिएकै कारण काठमाडौंमा २६ रुपैयाँमा पाइने नुन बाजुरामा ९ रुपैयाँमा पाइन्छ । यो कुरालाई पनि बुझ्नुपर्छ । दुर्गम जिल्लाहरुमा नुन पुग्दासम्म लामो समय लाग्ने र बीचमा बाटो बिग्रिएको कारण कोटाअनुसार नुन पुर्याउन नसकिएको पनि सत्य हो । लामो समयसम्म बाटो बन्द हुँदा बाजुराका लागि लगिएको नुन अन्यत्र पठाउनुपर्ने पनि हुन्छ ।’

समितिले आयोडिनयुक्त नुनको उत्पादन तथा वितरणसम्बन्धी कानुन परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ ।