२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोडिनयुक्त नुनसम्बन्धी ऐन परिमार्जन गर्न सरकारलाई संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले आयोडिनयुक्त नुनको उत्पादन तथा वितरणसम्बन्धी कानून परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति अब्दुल खानले आयोडिनयुक्त नुन, उत्पादन तथा वितरण ऐन, २०५५ समय सान्दर्भिक नरहेको, अस्पष्ट व्यवस्था रहेको तथा वर्तमान परिप्रेक्ष्यमा कार्यान्वयन गर्दा व्यावहारिक देखिएको बताउनु भयो । उहाँले मुलुकमा आयोडिनयुक्त नुनको आपूर्तिमा समस्या नभएपनि निजी क्षेत्रलाई आपूर्ति गर्न दिने सन्दर्भमा आपूर्ति श्रृंखला, मूल्य, गुणस्तर र दुर्गम क्षेत्रमा पने प्रभावबारे विस्तृत अध्ययन आवश्यक रहेको पनि बताउनु भयो ।

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई ऐनलाई यथाशीघ्र संशोधन गरी स्पष्ट व्यवस्था गर्न निर्देशन दिएको छ । साथै, संशोधन नभएसम्म नुनको आपूर्ति, ढुवानी तथा वितरण साविकअनुसार नै गर्न समेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको छ ।