७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

आफ्नो गाउँ आफैँ बनाउँदै सामुदायिक वन

आफ्नो गाउँ आफैँ बनाउँदै सामुदायिक वन
अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीमा सामुदायिक वनहरुले विकास निर्माणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । ती सामुदायिक वनहरुले आफ्नो आम्दानीबाट विकास निर्माणका काम गर्न सक्षम भएको उदाहरण प्रस्तुत गरेका छन् । सामुदायिक वनले विभित्र प्रकारका रोजगारी सिर्जना गरेपछि वैदेशिक रोजगारीबाट समेत युवाहरु फर्केर गाउँमा काम गर्न थालेका छन् । शितगङ्गा–११ मा रहेको गैँडे सामुदायिक वनले घाट गद्दी व्यवस्थापन, खोलमा तटबन्ध निर्माणलगायतका विकासका काम गर्दै आएको छ ।

शितगङ्गा नगरपालिकामा रहेका सामुदायिक वनहरुले सडक निर्माण, मोटरबाटो कालोपत्र, विद्यालय भवन निर्माण, कुलो निर्माण, बिजुलीबत्ती बाल्नेलगायतका विभिन्न सामाजिक सेवाका कार्य गर्दै आएको सिनियर डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । सामुदायिक वनले विकास निर्माणका काम मात्र हैन, विभिन्न रोजगारी सिर्जना गरेको उहाँको भनाइ छ । युवाहरू वैदेशिक रोजगारी र भारतबाट फर्केर विभिन्न रोजगारीमा लागेका छन् ।

मजुरेडाँडा सामुदायिक वन शीतगङ्गा–१२ पत्थरकोटले स्थानीय सरकारसँग सहकार्य गरेर सडक कालोपत्र गरेको छ । सामुदायिक वनको रु १५ लाख र शीतगङ्गा नगरपालिकाको रु १० लाख गरी रु २५ लाखमा सडक कालोपत्र गरेको सामुदायिक वनका अध्यक्ष प्रदीप विसीले बताउनुभयो । शीतगङ्गा नगरपालिका–१४ मा रहेको पावर सामुदायिक वनले पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन गर्न सुरु गरेको छ । गाउँमा अर्गानिक खेती विस्तार गर्न डिभिजन वन कार्यालयको सहकार्यमा डढेलो नियन्त्रण तथा रोजगारी सिर्जना गर्न अन्य सामुदायिक वनको समेत पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन सुरु गरेको हो ।

शितगङ्गा–१४ मा रहेको गौडे सामुदायिक वनले कुलो निर्माण, सडक निर्माण, खोला कटान संरक्षण, पहिरो नियन्त्रण, घाट गद्दी व्यवस्थापनलगायतका काम गर्दै आएको छ । यस्तै धीरेखोला सामुदायिक वन उपभोक्ता समूह शीतगङ्गा–१३ ले सामुदायिक वनको आम्दानीबाट गाउँमा बिजुलीबत्ती बलेको छ । कृषि पेसालाई व्यावसायिक र आधुनिक बनाउन मिनी टिलर वितरण, चाप कटहर वितरणलगायतका कार्य सामुदायिक वनको आम्दानीले गर्दै आएको सामुदायिक वनका अध्यक्ष नारायण पौडेलले बताउनुभयो । विकासका लागि कुनै तहका सरकारको मुख ताक्नु नपर्ने उनको भनाइ छ ।

शितगङ्गा नगरपालिका–१२ मा रहेको डोहोटे सामुदायिक वन उपभोक्ता समूहले विद्यालयमा शिक्षकको तलबदेखि, सडक निर्माण, समूहको सदस्यलाई आयआर्जनमा वृद्धि गर्न बाख्रा वितरण, शौचालय निर्माणलगायतका विभिन्न विकास निर्माणका काम गर्दै आएको समूहका अध्यक्ष रेशमराज बन्जाडेले बताउनुभयो । उहाँले नेपालमा विदेशी काठ आयात बन्द गरेर स्वदेशी काठको प्रयोग गर्नसके सामुदायिक वनमा रहेको काठ बिक्री वितरणको समस्या नरहने उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारसहितको टोलीले हालै शीतगङ्गाका विभिन्न सामुदायिक वनले गरेका कार्यको निरीक्षण गरेको छ । सो अवसरमा मन्त्री कलवारले विदेशी काठको आयात तत्काल रोकी नेपाली काठको उच्चतम् प्रयोग गर्नुपर्नेमा जोड दिंँदै एकातिर वनमा काठ कुहिएर खेर गइरहेको र अर्कोतिर मुलुकमा आवश्यक पर्ने काठ किन्नुपर्ने बाध्यता रहेको बताउनुभयो । वन क्षेत्रको दिगो व्यवस्थापन गरी व्यावसायिक उपयोग गर्ने घोषणा गरेको नेपाल वर्षौँदेखि काठमा परनिर्भर भएकाले अब स्वदेशी काठलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

‘‘पैँतालीस प्रतिशतभन्दा बढी वन क्षेत्र भएको मुलुक नै काठमा परनिर्भर हुनुपर्ने अवस्था र काठ उत्पादन र प्रयोगको स्पष्ट नीति नहुँदा बर्सेनि अर्बौँ रुपैयाँ काठ खरिदमा बाहिरिने गरेको छ’’, मन्त्री कलवारले भन्नुभयो । उहाँले मुलुकमा छ वर्षयता मात्रै रु ३८ अर्ब बढीको काठ आयात भएको जानकारी दिनुभयो । सो अवसरमा लुम्बिनी प्रदेश सरकारका वन महानिर्देशक प्रभात सापकोटाले सामुदायिक वनमार्फत वनको दिगो व्यवस्थापन गर्दै व्यावसायिक प्रयोगलाई प्राथमिकता दिने नीति अगाडि बढाउने बताउनुभयो । उहाँले विकास निर्माणमा सामुदायिक वनको भूमिका नमुनायोग्य रहेको छ भन्नुभयो । अनुगमनमा अर्घाखाँची डिभिजन वन प्रमुख मोहनप्रसाद श्रेष्ठ, भू तथा जलाधार व्यवस्थापन कार्यालय प्रमुख शम्भु झालगायत वरिष्ठ वन अधिकृतहरु सहभागी हुनुहुन्थ्यो । रासस