१२ श्रावण २०८३, मंगलवार
,
Latest
प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण… निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटा निकुञ्ज सफारी बन्द



अ+ अ-

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिएको छ । वर्षाका कारण निकुञ्जकोे बाटो बिग्रेपछि जङ्गल सफारी बन्द गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।

“वर्षाका कारण सफारी गर्ने मुख्य ‘रुट’ को सडक बिग्रेको छ”, उहाँले भन्नुभयो, “जसका कारण सफारी गएका गाडी फस्न र पर्यटकले दुःख पाउन थालेपछि बन्द गरेका हौँ ।” निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्षमा तीन हजार सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका छन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्जका ५४ वर्गकिलोमिटरमा विशाल घाँसे मैदान छ ।

उक्त घाँसे मैदान बाह्रसिङ्गाको प्रमुख वासस्थान हो । यहाँ हजारौँको सङ्ख्यामा रहेका बाह्रसिङ्गा हेर्न पर्यटक यहाँ आउने गरेका छन् । शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तु हेर्न मिल्ने भएकाले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइ शुल्लाफाँटा हुने गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ ।

निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातीका पुतली, चार सय ४९ भन्दा बढी प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि छन् ।

स्तनधारी वन्यजन्तुमा ५३ वटा भन्दा बढी प्रजाती रहेका छन् । जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् । पछिल्लो गणना अनुसार शुक्लाफाँमा दुई हजार तीन सय बढी बाह्रसिङ्गा छन् । यसबाहेक बाघ, गैँडा, हात्ती, कृष्णसार, चित्तललगात वन्यजन्तु यहाँका प्रमुख आकर्षण हुन् । रासस




भर्खरै