५ पुष २०८२, शनिबार
,
Latest
महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते



अ+ अ-

झापा। बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित सवारी दुर्घटनामा परी आज दिउँसो दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र नाम थर खुल्न नसकेको अर्का एक व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खड्गबहादुर खड्काका अनुसार खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुध्दा दुवै चालक गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । उपचारकै क्रममा उनीहरू दुवैको मृत्यु भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । मृतकहरूको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल चालकको अझै पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

यसैगरी स्कुटीको पछाडि सवार राजवंशीको २७ वर्षीया बुहारी उर्मिला राजवंशी र उहाँकै तीन वर्षीय छोरा आयुष राजवंशी गम्भीर घाइते छन् । उनीहरूको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । रासस