५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीमा फसेका छ जनाको उद्धार



अ+ अ-

कैलाली। कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीको बीच टापुमा फसेका छ जनालाई प्रहरी आज सकुशल उद्धार गरेको छ ।

नदीको बीच टापुमा फसेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का पल्लु सार्की, भागेश्वभरी सार्की, योगेश सार्की, बिकट सार्की, वीर सार्की र बेदकोट नगरपालिका–७ का अब्दुल सार्कीलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार टापुमा श्राद्ध गर्न गएका निज व्यक्ति मुसलधारे पानीको कारण गोदावरी नदीको वरिपरीबाट पानीको सतह बढ्न गई उक्त टापुबाट आउन नसकी फसेका थिए ।