१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरेन्द्रनगरमा ‘ट्राफिक लाइट’ सञ्चालन



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ट्राफिक लाइट जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर नगरपालिकाले ट्राफिक लाइट जडान गरी सञ्चालनका लागि आजै जिल्ला ट्राफिक कार्यालयलाई हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा नगरपालिका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई व्यवस्थित र सुरक्षित सहर बनाउन ट्राफिक लाइट जडान गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बढ्दो सहरीकरणसँगै सवारीसाधन दिनहुँ बढिरहेका छन् । यसले सुरक्षा चुनौती, शान्त एवं सुन्दर सहर निर्माणमा चुनौती थपिएको छ । वीरेन्द्रनगरमा करिब तीन सय सिसी टिभी जडान गरिनेछ ।”

उहाँका अनुसार वीरेन्द्रनगरको मङ्गलगढी, एरिचोक र दैलेख रोडमा छिट्टै ट्राफिक लाइट जडान गरिनेछ । फुटपाथ व्यवस्थापन भइरहेको छ । सवारीसाधनको गति, पैदल यात्रुहरूको आवातजावत पनि सहज गरी मुख्य सडक व्यवस्थित गर्ने नगरपालिकाले जनाएको छ । रासस