८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो विश्वयुद्धका बेला सिपाहीले आमालाई पठाएको चिठ्ठी ७६ वर्षपछि भेटियो



अ+ अ-

वोबर्न (अमेरिका) । हुलाक विभागले नेपालमा मात्रै ढिलो पत्र पठाउँदैन, अमेरिकामा पनि मानिसको मृत्युपछि पत्र पठाउने गरेको पाइएको छ । ७६ वर्षअघि एक सिपाहीले आमालाई लेखेको चिठ्ठी अहिले उनको घरमा पुगेको छ । तर न चिठ्ठी लेख्ने छोरा छन् न चिठ्ठी लिने आमा नै यो संसारमा छिन्।

दोस्रो विश्वयुद्धमा लेखिएको पत्र अहिले प्राप्त 

दोस्रो विश्वयुद्धको अन्त्यपछि जर्मनीमा तैनाथ एक अमेरिकी सैनिकले म्यासाचुसेट्समा आफ्नी आमालाई पत्र पठाएका थिए । ७६ वर्षपछि त्यो चिठ्ठी आर्मी सर्जेन्टकी श्रीमतीलाई दिइयो । WFXT TV ले बुधबार आफ्नो एउटा समाचारमा डिसेम्बर १९४५ मा दोस्रो विश्वयुद्ध आधिकारिकरूपमा समाप्त भएको बताएको थियो। त्यसपछि आर्मी सर्जेन्ट जोन गोन्साल्विस (२२) ले वोबर्नमा बस्ने आफ्नी आमालाई एक पत्र लेखेका थिए । 

पिटसबर्गमा अमेरिकी हुलाक सेवा डेलिभरी सुविधा (युएसपीएस) द्वारा प्राप्त भएको पत्र ७५ वर्षभन्दा बढीका लागि बन्द थियो। पत्रमा लेखिएको थियो, “प्रिय आमा, आज तपाईंबाट अर्को चिठ्ठी आयो र सबै ठीकठाक भएकोमा म खुसी छु। जहाँसम्म मेरो सवाल छ, म पनि ठीक छु, तर खाना प्रायः धेरै खराब छ।” उनले पत्रको अन्त्यमा आफ्नो हस्ताक्षर राख्दै लेखेका छन्, “तपाईंलाई माया गर्छु.. तपाईंको छोरा जोनी। छिट्टै भेट्ने आशा छ।”

आर्मी सार्जेन्ट जोन गोन्साल्विसको सन् २०१५ मा मृत्यु भयो र उनकी आमाको पनि निधन भइसकेको छ । तथापि ग्क्एक् ले गोन्साल्विसकी पत्नी एन्जेलिनालाई फेला पार्यो उनलाई पत्र हस्तान्तरण गर्यो। पत्र लेखेको करिब पाँच वर्षपछि गोन्साल्विसले आफ्नी श्रीमतीलाई भेटेका थिए । 

यो पत्रसँगै युएसपीएसले आफ्नो तर्फबाट गोन्साल्विसको परिवारलाई एउटा पत्र पनि पठाएको छ । पत्रमा लेखिएको थियो, ‘यो पत्र पठाउनु हाम्रो लागि धेरै महत्त्वपूर्ण छ।’ गोन्साल्विसको परिवारले पत्र पाएपछि युएसपीएसलाई फोन गरेर धन्यवाद दिएको छ । एन्जेलिनाले ध्ँह्त् टिभीलाई भनिन्, “ती ७० वर्षको कल्पना गर्नुहोस्। मैले त पत्याउनै सकिन। उनको हस्तलेखन र सबै अचम्मको छ।” ८९ वर्षीया एन्जेलिना गोन्साल्विसले श्रीमान्को मृत्युपछि पत्र पाएपछि आफूले श्रीमान् फर्किएजस्तो लागेको बताइन् ।