४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दोस्रो विश्वयुद्धका बेला सिपाहीले आमालाई पठाएको चिठ्ठी ७६ वर्षपछि भेटियो

दोस्रो विश्वयुद्धका बेला सिपाहीले आमालाई पठाएको चिठ्ठी ७६ वर्षपछि भेटियो
अ+ अ-

वोबर्न (अमेरिका) । हुलाक विभागले नेपालमा मात्रै ढिलो पत्र पठाउँदैन, अमेरिकामा पनि मानिसको मृत्युपछि पत्र पठाउने गरेको पाइएको छ । ७६ वर्षअघि एक सिपाहीले आमालाई लेखेको चिठ्ठी अहिले उनको घरमा पुगेको छ । तर न चिठ्ठी लेख्ने छोरा छन् न चिठ्ठी लिने आमा नै यो संसारमा छिन्।

दोस्रो विश्वयुद्धमा लेखिएको पत्र अहिले प्राप्त 

दोस्रो विश्वयुद्धको अन्त्यपछि जर्मनीमा तैनाथ एक अमेरिकी सैनिकले म्यासाचुसेट्समा आफ्नी आमालाई पत्र पठाएका थिए । ७६ वर्षपछि त्यो चिठ्ठी आर्मी सर्जेन्टकी श्रीमतीलाई दिइयो । WFXT TV ले बुधबार आफ्नो एउटा समाचारमा डिसेम्बर १९४५ मा दोस्रो विश्वयुद्ध आधिकारिकरूपमा समाप्त भएको बताएको थियो। त्यसपछि आर्मी सर्जेन्ट जोन गोन्साल्विस (२२) ले वोबर्नमा बस्ने आफ्नी आमालाई एक पत्र लेखेका थिए । 

पिटसबर्गमा अमेरिकी हुलाक सेवा डेलिभरी सुविधा (युएसपीएस) द्वारा प्राप्त भएको पत्र ७५ वर्षभन्दा बढीका लागि बन्द थियो। पत्रमा लेखिएको थियो, “प्रिय आमा, आज तपाईंबाट अर्को चिठ्ठी आयो र सबै ठीकठाक भएकोमा म खुसी छु। जहाँसम्म मेरो सवाल छ, म पनि ठीक छु, तर खाना प्रायः धेरै खराब छ।” उनले पत्रको अन्त्यमा आफ्नो हस्ताक्षर राख्दै लेखेका छन्, “तपाईंलाई माया गर्छु.. तपाईंको छोरा जोनी। छिट्टै भेट्ने आशा छ।”

आर्मी सार्जेन्ट जोन गोन्साल्विसको सन् २०१५ मा मृत्यु भयो र उनकी आमाको पनि निधन भइसकेको छ । तथापि ग्क्एक् ले गोन्साल्विसकी पत्नी एन्जेलिनालाई फेला पार्यो उनलाई पत्र हस्तान्तरण गर्यो। पत्र लेखेको करिब पाँच वर्षपछि गोन्साल्विसले आफ्नी श्रीमतीलाई भेटेका थिए । 

यो पत्रसँगै युएसपीएसले आफ्नो तर्फबाट गोन्साल्विसको परिवारलाई एउटा पत्र पनि पठाएको छ । पत्रमा लेखिएको थियो, ‘यो पत्र पठाउनु हाम्रो लागि धेरै महत्त्वपूर्ण छ।’ गोन्साल्विसको परिवारले पत्र पाएपछि युएसपीएसलाई फोन गरेर धन्यवाद दिएको छ । एन्जेलिनाले ध्ँह्त् टिभीलाई भनिन्, “ती ७० वर्षको कल्पना गर्नुहोस्। मैले त पत्याउनै सकिन। उनको हस्तलेखन र सबै अचम्मको छ।” ८९ वर्षीया एन्जेलिना गोन्साल्विसले श्रीमान्को मृत्युपछि पत्र पाएपछि आफूले श्रीमान् फर्किएजस्तो लागेको बताइन् ।