२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वार्णिम वाग्ले भन्छन्–राजीतिक नेतृत्व पंगु त भएकै थियो, आर्थिक संस्था पनि कब्जा गरियो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले मुलुकमा कुशासन बढेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै उहाँले राजीतिक नेतृत्व पंगु, भ्रष्ट, निकम्मा बन्दै गएको अवस्थामा अब आर्थिक संस्था पनि कब्जामा गएको बताउनुभएको हो । सांसद वाग्लेले विचौलियाको चलखेल धेरै बढेको बताउँदै यसलाई रोक्ने गरी आगामी मौद्रिक नीति आउनुपर्नेमा जोड दिनुभयो ।

सांसद् वाग्लेले भन्नुभयो– ‘जताततै कुशासन बढेको एफएटिएफदेखि लिएर ग्रेलिस्टहरुले नै देखाउछ, आर्थिक क्षेत्र पहिले विचौलियाहरुबाट निरपेक्ष रुपमा जोगाइएको थियो । अब विचौलियाको राज भयो । नीतिगत चलखेल, भ्रष्टाचार, आर्थिक संस्थाहरु कब्जा गर्ने जुन देखिरहेको छ । यसलाई कसरी रोक्ने त्यता राष्ट्र बैंकले ध्यान दिनुप¥यो ।’

सांसद वाग्लेकाअनुसार राष्ट्र बैंक, सेबनहरु डुबाउने दिशातर्फ लगिएको छ, यो सुखद् होइन ।