काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त हुनु भएको छ ।
कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गर्नुभएको छ ।
शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो । दिपक अर्याल जलवायु विज्ञानका प्राध्यापक तथा उक्त विभागका पुर्व प्रमुखसमेत हुनहुन्छ ।
उपकुलपति केशरजंग बरालले चैत १५ गते राजीनामा दिएपछि रेक्टर केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।










