२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी



अ+ अ-

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तन, जैविक श्रोतहरुको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताउनु भयो । हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको देखाएको बताउनु भयो ।

कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकुलन प्रवद्र्धन र नविन कृषि प्रणालीमा ध्यान दिनुपर्ने जरुरी रहेको बताउनु भयो । ृषिमा हरित लगानी बढाउने, नविकरणी उर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘जलवायु परिवर्तन, जैविक श्रोतहरुको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले हाम्रो कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ । हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको छ । हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा हामीले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकुलन प्रवद्र्धन र नविन कृषि प्रणालीमा ध्यान दिनुपर्छ । कृषिमा हरित लगानी बढाउने, नविकरणी उर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्नेछ । आगामी नीति, बजेट र कार्यक्रमहरुमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बढ्नुपर्छ । आजको हाम्रो पुँजी त्यसको प्रयोगमा मात्रै उपयोग गर्नसक्छाँै ।’

मन्त्री अधिकारीले आगामी नीति, बजेट र कार्यक्रमहरुमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बनाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।