२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्यामा सरकार विरोधी प्रदर्शनमा ११ जनाको मृत्यु, ५०० भन्दा बढी पक्राउ



अ+ अ-

नैरोबी । केन्यामा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा ११ जनाको मृत्यु भएको र पाँच सयभन्दा बढीलाई हिरासतमा लिइएको सिएनएनले सोमबार ९स्थानीय समय० देशको राष्ट्रिय प्रहरी सेवालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

सिएनएनका अनुसार, सुरक्षा बलले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अश्रु ग्याँस र पानी तोप प्रयोग गरेका थिए । मुख्यतया युवा केन्यालीहरूले भ्रष्टाचारको आरोप, पुलिसको क्रूरता र सन् १९९० को सबा सबा प्रजातन्त्र समर्थक आन्दोलनको ३५औँ वार्षिकोत्सवमा सरकारका आलोचकहरूलाई लक्षित गरी जबरजस्ती बेपत्ता भएको रिपोर्टमा आफ्नो आक्रोश र निराशा व्यक्त गरेका छन् ।

किस्वाहिलीमा ‘सबा सबा’ शब्दको अर्थ ‘सात सात’ हो, जसले सन् १९९० जुलाई ७ मा विरोध प्रदर्शन भएको मितिलाई जनाउँछ ।

प्रदर्शनका क्रममा ११ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । यद्यपि केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसिएचआर) ले यो सङ्ख्या २९ राखेको छ भने कुल पाँच सय ६७ जनालाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

यसलाई बढ्दो सङ्कटको बीचमा कर बढाउने विवादास्पद वित्त विधेयक पेस भएपछि गत वर्ष देखि सुरु भएको अशान्तिको लहरको हिस्सा भएको जनाइएको छ ।

यद्यपि सरकारले सन् २०२४ जुनमा जनताको दबाबका कारण विधेयक खारेज गरे पनि विशेष गरी प्रहरी हिरासतमा एक शिक्षकको मृत्यु र प्रहरीको गोली लागि निहत्था सडक विक्रेताको मृत्यु भएपछि छसार्वजनिक आक्रोश बढ्दै गएको छ ।

गत महिना यस्तै विरोध प्रदर्शनमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो र सयौँ घाइते भएका थिए । सन् २०२४ को सुरुदेखि कर विरोधी प्रदर्शनमा दर्जनौँको मृत्यु भएको छ ।

सन् १९९० जुलाई ७ सबा सबा विरोधको सम्झनामा सोमबार केन्याका धेरै क्षेत्रमा प्रदर्शनहरू भए र ठूलो भीड जम्मा भयो । सिएनएनका अनुसार नैरोबीमा सुरक्षा बलहरूको संसद् र राष्ट्रपतिको निवाससहित प्रमुख सरकारी भवनहरू नजिकै प्रदर्शनकारीहरूसँग झडप भयो ।

सोमबार राति जारी गरिएको एक विज्ञप्तिमा केन्याको राष्ट्रिय प्रहरी सेवाले हिंसा र दुव्र्यवहारका सबै रिपोर्ट गरिएका घटनाहरूको कानूनी प्रक्रियाअनुसार अनुसन्धान गरिने घोषणा गरेको छ ।

केन्याली मानव अधिकार आयोगका कार्यालयहरूमा कथित रूपमा राज्य समर्थित कार्यकर्ताहरूले आइतबार छापा मारेपछि सरकारी कारबाही भएको हो । सबा सबा वार्षिकोत्सव अघि प्रदर्शनकारीहरूको मनमानी गिरफ्तारी, बेपत्ता र हत्याको अन्त्यको माग गर्दै आमाहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा आक्रमणकारीहरूले बाधा पु¥याएको सिएनएनले जनाएको छ ।

केन्याका गृहमन्त्री किपचुम्बा मुर्कोमेनले पहिले अपराधीहरूलाई शान्तिपूर्ण मार्चहरूमा घुसपैठ गर्न र अशान्ति निम्त्याउनबाट रोक्न सुरक्षा एजेन्सीहरू उच्च सतर्क रहेको बताउनुभएको थियो ।

उहाँले यसअघि गत महिनाको विरोध प्रदर्शनलाई ‘असहमतिको भेषमा आतङ्कवाद’ भन्नुभएपछि सार्वजनिक आक्रोशलाई थप बढावा दिएको सिएनएनले जनाएको छ ।




भर्खरै