७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

भैँसीमा नश्ल सुधार गर्न मुर्राको कृत्रिम गर्भाधान सुरु

भैँसीमा नश्ल सुधार गर्न मुर्राको कृत्रिम गर्भाधान सुरु
फाईल फोटो
अ+ अ-

सिरहा । राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानले भैँसीमा नश्ल सुधार गर्ने उद्देश्यले कृत्रिम गर्भाधान गराउन मुर्रा राँगाको वीर्य उत्पादन र वितरण गर्न थालेको छ । कार्यालयकाअनुसार विसं २०८० मङ्सिरमा ल्याइएका राँगाबाट २०८१ सालको जेठदेखि वीर्य उत्पादन सुरु भएको थियो ।

हालसम्म १० हजारभन्दा बढी डोज उत्पादन गरी करिब ५०० डोज किसानसम्म वितरण गरिसकिएको कार्यालय प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारतबाट ल्याइएका मुर्रा जातका पाँच राँगाबाट २०८१ सालको जेठ÷असारदेखि वीर्य उत्पादन सुरु गरिएको हो । हाल १० हजारभन्दा बढी डोज उत्पादन भइसकेको छ र करिब ५०० डोज किसानलाई वितरण गरिएको छ । कोशी र मधेस प्रदेशका अधिकांश जिल्लामा यसको माग उच्च छ ।”

उहाँले थप जानकारी दिँदै भन्नुभयो, “वीर्य तरल नाइट्रोजनमा सुरक्षित राखी दक्ष जनशक्ति रहेका सरकारी तथा गैरसरकारी पशु सेवा केन्द्रमार्फत वितरण गरिन्छ । हाल यस कार्यालय अन्तर्गतका २३ जिल्लाका २४० स्थानीय तहमा २९० केन्द्र सक्रिय छन् र ८६० तालिमप्राप्त प्राविधिक संलग्न छन् ।”

कार्यालय प्रमुख महतोका अनुसार, मुर्रा राँगाको वीर्यको माग कोशी प्रदेशका सुनसरी र उदयपुर तथा मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा अत्यधिक छ । यस्ता मागलाई सम्बोधन गर्न कार्यालयले कोशी, मधेस र बाग्मती प्रदेशको सिन्धुलीसहित २३ जिल्लामा सेवा विस्तार गरेको छ ।

भारतबाट ल्याइएका पाँच मुर्रा राँगाबाट हप्तामा दुई पटक वीर्य निकालिन्छ । गिर र साहिवाल प्रजातिका गाईको प्रजनन पनि सोही कार्यालयमार्फत हुँदै आएको छ । धार्मिक मान्यताअनुसार जुरो भएको गाईको दूधको बढी माग रहेकोले ती प्रजातिको वीर्यको पनि माग उच्च छ ।

पशुपालन सुधारका लागि भारत सरकारले नेपाललाई विसं २०८० जेठमा १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने घोषणा गरेको थियो । तीमध्ये पाँचवटा लहान, सातवटा पोखरा र तीनवटा नेपालगञ्जस्थित राष्ट्रिय पशु प्रजनन् केन्द्रमा राखिएको थियो ।

सरकारले रैथाने भैंसी प्रजातिको नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा भित्र्याउने पहल गरेको हो । जसले दुध उत्पादनमा वृद्धि हुने विश्वास लिइएको छ ।रासस