७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल श्रीलङ्कासँग पराजित मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिराहामा शिक्षकद्वारा १० छात्रामाथि यौन दुर्व्यवहार, सांसद थपलियाद्वारा गृहमन्त्रीको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)की सांसद सम्झना थपलियाले सिराहाको गोलबजार नगरपालिका– ८ चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षकले छात्राहरुमाथि यौन दुव्र्यवहार गरेको विषयमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद थपलियाले विद्यालयका १० जना छात्रामाथि शिक्षक हरी श्रेष्ठले यौनजन्य दुव्र्यवहार गरेको भएपनि विद्यालय प्रशासनले कुनै कारबाही प्रक्रिया नथालेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले जिल्लाकै नमूना विद्यालय रहेको जनता नमूनामा पछिल्लो दश वर्षमा करिव १५ करोड अनुदान गएको भएपनि माध्यमिक शिक्षा परीक्षाको नतिजा समेत शुन्य आएको बताउनु भयो ।

लामो समयदेखि शारिरिक यौन हिंसामा परेका किशोरीहरु मानसिक रुपमा थलिएको उल्लेख गर्दै शिक्षकमाथि यथाशिघ्र कारबाही प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।