काठमाडौँ । धादिङस्थित त्रिशूली नदीमा दुईजनाको शव फेला परेको छ ।
गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।
मृतक दुवै जना पुरुष रहेको डिएसपी हमालले बताए । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनले बताए ।










