४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाको बाढीमा कम्तिमा ११ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरद्वारा उद्धार



अ+ अ-

काठमाडौं । रसुवामा आएको बाढीमा ११ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अज्ञात छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार रसुवागढी भन्सार, सुक्खा बन्दरगाह र टिमुरे सुक्खा बन्दरगाह क्षेत्रबाट ११ जना बेपत्ता भएका हुन् । तर अहिलेसम्म हताहतीको खबर आएको छैन ।

बाढीले रसुवागढी र केरूङ जोड्ने मितेरी पुलमा पनि ठूलो क्षति पुगेको छ ।

यसैबीच नुवाकोटको विदुरमा त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

बाढीमा फसेकाहरुको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो । लामो समय रुखमा बस्दा थाकेपछि दुई जना स्थानीय फेरि जोखिम क्षेत्रमा झरेर बसेका थिए ।

चिनियाँ भूभागमा आएको भीषण वर्षासँगैको बाढीले रसुवामा पर्ने नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका केही सवारी साधन बगाएको छ ।

बाढीका कारण त्रिशुली नदीको जल सतह ह्वात्तै बढेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले भने नदीमा ठूलो बाढी आएका सचेत रहन अनुरोध गरेको छ ।

फोटो- नेपाली सेना