५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका वाचा व्यवहारमा लागू भएनन्ः जसपा नेपालकी सांसद यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेखा यादवले सरकारले सुशासन र आर्थिक सुधारको वाचा पुरा गर्न नसकेको आरोप लगाउनुभएको छ ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले यस्तो आरोप लगाउनुभएको हो । सरकारको वाचा व्यवहारमा लागू नहुनु निराशाजनक रहेको उल्लेख गर्दै उहाँले  कुलिङ अफ पिरियड विवाद र भिजिट भिसा काण्डजस्ता घटनाले मुलुक अराजकततर्फ उन्मुख भएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एक वर्ष पहिले सरकारले केही वाचा गरेको थियो । मुलुकमा सुशासन दिने कुरा गर्नुभएको थियो । अर्थतन्त्र सुधार, कानूनी राज्य बनाउने कुरा गरेको थियो । हामीले त्यो अपेक्षा गरेका थियौं । तर त्यस्तो हुन सकने । यहाँहरुले भर्खरै कुलिङ अफ पिरियडको अवस्था देख्नुभयो, भिजिट भिसा काण्ड पनि आइरहेकै अवस्था छ । भनेपछि हामीले अराजकता बाहेक केही देखेनौं  । त्यो नदेखिसकेपछि साथ दिन सकिन्छ भन्ने लागेन ।’

सरकारका विवादित काम र निर्णयहरुले लोकतान्त्रिक प्रणालीमाथि जनविश्वास कम हुँदै गएको कारण सरकारलाई समर्थन दिईराख्ने अवस्था नरहेको पनि उहाँको भनाइ छ ।