१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको दाबीः राम नेपालमै जन्मिएका हुन्, प्रचार गर्न किन डराउने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुनः यस्तो दाबी गर्नुभएको हो ।

यसअघि पनि पटक पटक प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गर्नुभएको थियो । कसैले त्यत्तिकै कथा हालेर रामको जन्मभूमि बदल्न नसक्ने उहाँको भनाइ छ । राम जन्मभूमि अहिले नेपालमा पर्ने र तर्कसंगत हिसावले पनि अन्यत्र हुन नसक्ने उहाँको दाबी छ । अरु रिसाउँछ भनेर रामको जन्मभूमि नेपाल हो भन्नबाट डराइरहेको भन्दै नडराइकन रामको जन्भूमि नेपाल हो भन्ने आग्रह गर्नुभयो । यो आफूले नभइ वाल्मीकिकृत रामायणमा लेखिएको उल्लेख गर्नुभयो । भगवान शिव, ऋषि विश्वामित्र नेपालकै रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी टुरिजमको कुरा गर्छौं तर नेपालमा राम जन्मिएका अन्त कसैले त्यत्तिकै कथा हालेर हुन्छ । फलानो ठाउँमा जन्मिएका भनेर । राम जन्मिएका नेपालमा हो । नेपालको भूमिमा पर्छ, त्यो ठाउँ अहिले । उसबेला पनि नेपालै थियो भन्दिनँ म । के थियो, के थिएन, थारु गाउँ थियो की ? के थियो । तर अहिले त्यो भूभाग नेपालमा पर्दछ । राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नै कुरा हो । जसले रामलाई भगवान मान्छ, रामको जन्मभूमि पवित्र छ । यति प्रचार गर्न सक्दैनौँ हामी । यति भन्न सक्दैनौँ । यति आँट गर्दैनौँ । अफ्ठ्यारो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ, साँचो बोल्दाखेरी रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरि खान्छौँ । शिव यहीँका हुन्, विश्वामित्र यहीँका हुन् । मैले लेखेको होइन नि रामायण, वाल्मीकिकृत रामायणमा कोशी नदी तरेर पश्चिम गएर राम लक्ष्मणलाई शिक्षा दिए विश्वामित्रले भनेको छ । मैले लेखेको होइन त्यो । विश्वामित्र चतराका हुन् भन्ने स्पष्ट छ ।’

प्रधानमन्त्री ओलीले पर्यटन बोर्डले नेपालको प्रचार गर्न विदेश जानुपर्ने काम नरहेको बताउनु भयो । अनलाइनका माध्यमबाट नेपवालबाटै प्रचारप्रसार गर्न सकिने बताउनु भयो ।




भर्खरै