१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ दिनदेखि रत्नपार्कमा सुनचाँदी व्यवसायीको रिले अनसन



अ+ अ-

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको रिले अनसन जारी रहेको छ ।

रत्नपार्कमा २१ दिनदेखि नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको रिले अनुसन जारी राखेको हो ।

उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै आएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीमा विलासिता कर र १३ प्रतिशत भ्याट लगाउने बताएको छ । समितिले यसले व्यवसायीहरुलाई धेरै मर्का पर्ने बताएको छ ।

उनीहरुले कानून बमोजिम नगद सरह सम्पतीको व्यवस्था कार्यान्वयन गर्न, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्न, कोटा प्राणली खारेज गरी २५,५० र १०० ग्रामका सुनका टुक्राहरु पान नम्बर र कर चुक्ताका आधारमा गहना उत्पादक तथा कालीगढ र आम व्यवसायीहरुले आफ्नै क्षेत्रमा सहज रुपमा खरिद गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

उपभोक्ता, कर्मचारी, कालीगढ तथा व्यवसायीमैत्री ऐन कानून निर्माण गर्न माग गरेका छन् ।