४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं । स्पेनको औपचारिक भ्रमण गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

आफ्नो साताव्यापाी भ्रमणबारे जानकारी दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका थिए । एक साता लामो स्पेन बसाइको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसहित संयुक्त राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता पनि गरेका थिए ।

प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले स्पेन भ्रमणबारे जानकारी दिने तय भएको हो ।