१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रको आज ७९ औं जन्मोत्सव, निर्मल निवासमा पुगेर शुभकामना दिन सकिने



अ+ अ-

काठमाडौं । राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मोत्सव आज विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । राजावादीहरुले देशभर दीप प्रज्वलन गरेर पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव मनाउने भएका हुन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले यसअघि नै शुभेच्छुक जनसमुदाय र विभिन्न संघ-संस्थाहरूलाई पूर्वराजाको जन्मोत्सवको देशभर दिन दीप प्रज्ज्वलनलगायत कार्यक्रमहरू आयोजना गर्न समर्थकलाई आग्रह गरिसकेका छन् ।

जन्मोत्सवका अवसरमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवासमा पूर्वराजासमक्ष शुभकामना तथा अभिवादन चढाउन सकिने कार्यक्रम रहेको छ ।

संयुक्त जनआन्दोलन समितिले राजा र जनता मिलेर राष्ट्र जोगाएको इतिहासलाई स्मरण गर्दै जन्मोत्सव मनाउन लागिएको बताइएको छ ।