२५ असार २०८२, बुधबार
,
Latest
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति काठमाडौंको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना गर्न नेकपा एसको निर्देशन सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, कानुन संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन, आन्दोलनका सबै कार्यक्रम… टिमुरे खोलाबाट बगाएका प्रहरीमध्ये एकको शव चितवनमा भेटियो, दुई अझै बेपत्ता रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते गायक राजेशपायलमाथि पूर्वपत्नीको यौन हिंसा आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रको आज ७९ औं जन्मोत्सव, निर्मल निवासमा पुगेर शुभकामना दिन सकिने



अ+ अ-

काठमाडौं । राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मोत्सव आज विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । राजावादीहरुले देशभर दीप प्रज्वलन गरेर पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव मनाउने भएका हुन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले यसअघि नै शुभेच्छुक जनसमुदाय र विभिन्न संघ-संस्थाहरूलाई पूर्वराजाको जन्मोत्सवको देशभर दिन दीप प्रज्ज्वलनलगायत कार्यक्रमहरू आयोजना गर्न समर्थकलाई आग्रह गरिसकेका छन् ।

जन्मोत्सवका अवसरमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवासमा पूर्वराजासमक्ष शुभकामना तथा अभिवादन चढाउन सकिने कार्यक्रम रहेको छ ।

संयुक्त जनआन्दोलन समितिले राजा र जनता मिलेर राष्ट्र जोगाएको इतिहासलाई स्मरण गर्दै जन्मोत्सव मनाउन लागिएको बताइएको छ ।