५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकसँग बीमा कार्यक्रम जोडिने- मुख्यमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिकसँग जोडिने गरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाइ सुविधा पनि दिने तर जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने बताउनुभयो ।

उहाँले भत्रुभयो, “राज्यले बीमा कम्पनीलाई सुविधा दिने नीति बनाइदिने तर सामान्य नागरिकले यसको सेवा नपाउने हो भने राम्रो हुँदैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।”

उहाँले बीमाका विविध पक्षका बारेमा आमनागरिकलाई जानकारी दिनुपर्ने अहिलेको आवश्यकता रहेको चर्चा गर्दै कृषि, पशुधन र स्वास्थ्य उपचारको बीमामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कोशी प्रदेशमा करिब रु तीन अर्ब प्रिमियम सङ्कलन हुने र डेढ अर्ब जति भुक्तानी हुने गरेको जानकारी दिनुभयो ।

कोशी प्रदेशका विभित्र क्षेत्रमा कसरी बीमा कार्यक्रम अगाडि बढाउन सकिन्छ भनेर अध्ययन भइरहेको र प्रदेश सरकारले यदि अध्ययन गर्न चाहेमा सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष ओझाले व्यक्त गर्नुभयो । रासस