२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्वीप मानिँदैनः माओवादी सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्वीप नमान्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै सांसद शर्माले दलगत ह्वीप स्वीकार्य नहुने बताउनुभएको हो । उहाँले समितिको बैठक शुरु नहुँदै विधेयकमा थप गर्नुपर्ने कुरा प्रश्ताव गर्नुको सट्टा बैठक नै स्थगित गर्ने प्रश्ताव आएको भन्दै आपत्ति जनाउनु भयो ।

सांसद शर्माले भन्नुभयो, ‘कुनै राजनीतिक दलको प्रमुख सचेतकको ह्विप मान्न यो समिति बाध्य छैन, मानिदैन । त्यसकारण आ–आफ्ना ह्वीप कहाँ लाउने हो आफ्नो ठाउँमा लाउनु । समिति सभापतिज्युले टाढा टाढाबाट समितिका सदस्यहरुलाई बोलाएर बैठक राखेर बैठक सुरु नहुँदै बैठक स्थगितको प्रश्ताव आएपछि यसले राम्रो सन्देश दिन्छ ? यसले हामी राम्रो कानून बनाउँदैछौं भन्ने कुरामा कसरी सुनिश्चित हुन्छ ? अरु नयाँ कुरा आएको भएपनि हुन्थ्यो हामीले सहमति गरेका विषयहरुमा डोजर चलाइँदैछ । यस्तोमा हामी यो ठिक हो भनेर तालि बजाउन सक्छौं ?’

लगत्तै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद शर्माको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै  उठेर नियमापत्ति जनाउनु भयो । समिति सभापति अम्मरबहादुर थापाले माफी मागेपछि सचेतक घिमिरे बस्नु भएको थियो । सांसद शर्माले सरकारले विधेयकका सन्दर्भमा सहमति भइसकेका विषयहरु बल्झाउने प्रयास गरिरहेको पनि टिप्पणी गर्नुभयो ।