५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

आईतवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले प्रत्येक स्थानीय तहमा मल भण्डारणस्थल निर्माण गर्न तथा वितरण प्रक्रियामा सम्बन्धित जिल्लाका प्रमुख जिलला अधिकारी र स्थानीय जनप्रतिनिधिको निगरानीमा मल वितरणको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले मलको आयात तथा वितरणमा संलग्न रहेका संस्थाहरुको कोटा प्रणालीसमेत पुनरावलोकन गर्न निर्देशन दिएको छ ।